जनवरीमा नयाँ सेन्ट्रो किन्ने सोच बनाउनु भएको छ ? जान्नुहोस् यी ४ तथ्य

हुन्डाईले अल न्यू सेन्ट्रोको ग्लोवल डेब्यू अक्टोबर २३ मा भारतबाट गरेको थियो । भारतीय बजारमा सार्वजनिक अगाडि नै करिब २३ हजार बुकिङ भएको यो कार नेपाली बजारमा जनवरीमा सार्वजनिक गर्ने तयारी भैरहेको छ । 

हुन्डाईको नेपालको लागि आधिकारी वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रलिले सार्वजनिक गर्ने तयारी गरेको हुन्डाईको नयाँ सेन्ट्रो पुरानोको तुलनामा निकै फरक देखिन्छ भने, फिचर र सुरक्षाको हिसावले निकै अब्बल बनाइएको छ । 

डिजाइन

हुन्डाईको नयाँ सेन्ट्रोमा अल न्यू डिजाइन थेम प्रयोग गरिएको छ । यो कार ग्रान्ड आई–१० बाट प्रेरित छ भने, यसमा स्वेप्ट ब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको छ । 

नयाँ सेन्ट्रोमा कम्पनीले आफ्नो पुरानो मोडलको टल बोय थेमलाई नै निरन्तरता दिएको छ । यसको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिइएको छ भने, लो भेरियन्टमा १३ इन्च ह्वील दिइएको छ । यसको एक्सटेरियर डिजाइन निकै नै आकर्षक रहेको छ । 

सेग्मेन्ट फस्र्ट सेफ्टी फिचर

कम्पनीले नयाँ सेन्ट्रोमा धेरै फिचरहरु प्रदान गरेको छ । नयाँ सेन्ट्रोमा ७ इन्च टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, रिभर्स क्यामेरा, रियर एसी भेन्टलगायतका फिचरहरु उपलब्ध छ । 

यस्तै, नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । यसको टप भेरिएन्टमा डुअल एयरब्याग, लोड लिमिटर, स्पीड–सेन्सीङ डोर लक लगायतका फिचरहरु रहेका छन् । 

डाइमेन्सन तथा प्लेटफर्म

नयाँ सेन्ट्रोलाई कम्पनीले ‘के१’ प्लेटफर्ममा निर्माण गरेको छ । जुन कम्पनीले ग्रान्ड आइ१०को बीए प्लेटफर्मबाट ल्याएको हो । कम्पनीले गाडीलाई बलियो बनाउन ६३ प्रतिशत हाईस्ट्रेन्थ स्टिलको प्रयोग गरेको जनाएको छ । 

यो ह्याचब्याकको लम्बाई ३६१० एमएम, चौडाई १६४५ एमएम उचाई १५६० एमएम रहेको छ भने, यसको ह्वीलबेस २४०० एमएम रहेको छ । सेन्ट्रोमा फ्रन्ट र रियर दुवैतिर राम्रो इन्टेरियर दिनुका साथै बुट स्पेस २३५ लिटर रहेको छ । यसमा फ्यूल ट्यांक क्यापासीटी ३५ लिटर रहेको छ ।

इन्जिन 

नयाँ सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ । हुन्डाईले पहिलोपटक सेन्ट्रोमा एएमटी ट्रान्समीसनसमेत दिएको छ । 

यो ह्याचब्याकको मूल्य कति पर्छ भन्ने विषयमा भने कुनै आधिकारीक जानकारी दिइएको छैन । 


Back_to_top