काठमाडौं । नेपालको लागि चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले नयाँ ‘स्टेट अफ दी आर्ट’ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । साइमेक्सले शुक्रबार एक कार्यक्रम आयोजना गरेर उक्त सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
सन् २०२२ देखि स्पार्क अटोसँगको सहकार्यमा संचालनमा रहेको उक्त सर्भिस सेन्टर अहिले साइमेक्सले आफ्नो पूर्ण स्वामित्वमा ल्याएर थप सुविधा सहित संचालनमा ल्याएको हो । काठमाडौंको गौरीघाटमा करिब ५.५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त सर्भिस सेन्टरमा ८ वटा सर्भिस वे, २ वटा वासिङ सेन्टर छन् ।

कम्पनीले पेन्ट तथा बडी सर्भिसका लागि छुट्टै कम्पाउण्डमा २ रोपनी क्षेत्रफलमा बडी तथा पेन्टसप स्थापना गरेको छ । नयाँ गाडीको पीडीआई १.५ रोपनी क्षेत्रफलमा गर्दै आएको छ ।
सुविधा सम्पन्न कस्टुमर लाउन्ज, यथेस्ट पार्ट्सको भण्डारण रहेको उक्त सर्भिस सेन्टरमा प्रत्येक दिन ३ दर्जन गाडी सर्भिस गर्न सकिने सर्भिस हेड शुसिल तन्डुककार बताए ।
नियमित मर्मतमा प्रयोग हुने पार्ट्स तथा बडी पार्ट्स समेत भण्डारण रहेको सर्भिस सेन्टरमा नेपालमा चलिरहेका सबै मोडलका बीवाइडी गाडीहरुमा लाग्ने हाइ भोल्टेज ब्याट्री समेत उपलब्द रहेको तन्डुकारले बताए ।
बीवाइडीले नेपालका विभिन्न १० स्थानमा सर्भिस सेन्टर स्थापना गरिसकेको छ । चाँडै ५ स्थानमा निर्माण भइरहेको कम्पनीको भनाइ छ । उपत्यककाको लागि ललितपूरको कुपण्डोलमा पनि आझै नयाँ सर्भिस सेन्टर संचालनमा आउने भएको छ ।

छिट्टै भक्तपूर र चक्रपथ बालाजु क्षेत्रमा थप एक सर्भिस सेन्टर स्थापना गर्ने जानकारी कम्पनीले दिएको छ । हाल बीवाइडी सर्भिसमा ५० जना प्रत्यक्ष र ३० जना अप्रत्यक्ष रुपमा गरी ८० जनाभन्दा हाराहारी जनशक्तिले काम गरिरहेको छ ।
सर्भिस सेन्टर संचालनको अवसरमा साइमेक्स इंकका सीईओ सहिल श्रेष्ठले विश्वभर ८० लाख न्यू इनर्जी भेहिकल बिक्री गरेर बीवाइडीले आफुलाई प्रमाणित गरिसकेको बताए ।
‘बीवाइडी सधैँ उत्कुष्ट क्वालीटीको लेटेस्ट टेक्नोलोजीमा तयार भएका भेहिकल उत्पादन गर्न र बिक्री पछिको सेवाको लागि प्रतिवद्ध रहेको छ । अहिले काठमाडौं युनिभर्सिटीसँग सहकार्य गरेर त्याँहा पढेका इन्जिनीयरहरुलाई साइमेक्समा ‘अन द जव ट्रेनी’का राख्ने र पछि नेपाल, भारत तथा चीनमा बीवाइडी युनिटमा समेत काम दिने योजना छ’, सीईओ श्रेष्ठले भने ।

