काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) को बिग साइज एसयूभी ट्यांक ५०० नेपाल भित्रिएको छ । जीडब्ल्यूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ट्यांक ५०० नेपाल ल्याएको हो ।
कम्पनीले हाल हाभल ब्राण्डमा मिडसाइजको एसयूभीहरू जोलाइन र एच ६, पावर पिकअप पेट्रोल तथा ओरा ३ ईभी बिक्री गरिरहेको छ ।

कम्पनीले नेपाल भित्र्याएको ट्याङक ५०० एक थ्रीरो ७ सिटे एसयूभी हो । जीडब्ल्यूएमले सन् २०२१ को अगस्टमा चेन्दु अटोशोमा रिभिल गरेको ट्यांक ५०० टोयोटाको प्राडोको डिजाइनबाट प्रेरित भएको देखिन्छ । यसको फ्रन्टमा एलईडी स्प्रीट हेडल्याम्प, इलेक्ट्रीक साइड स्टप, मेमोरी इलेक्ट्रीक ओआरभीएम, प्नारोमिक सनरुफ, रियर माउण्टेड स्पेयर ह्वील विथ कभर, रुफरेल आदिले यो एसयूभी अफरोडर देखिएको छ ।

अष्ट्रेलियन एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ पाएको ट्यांक ५०० मा प्रोफेस्नल अफरोड सस्पेन्टसन तथा बडि अन फ्रेम च्यासिसमा बनेका फोरह्वील ड्राइभ एसयूभी हो । यो एसयूभीमा फ्रन्ट एण्ड रियर एक्सल इलेक्ट्रोनिकल्ली कन्ट्रोल डिफ्रेन्सियल लक तथा ड्राइभ मोड अप्सन रहेको छ । ड्राइभ बाइ वायर सिस्टम रहेको यो एसयूभीमा इन्टेलिजेन्ट ककपिट डिजाइको सेन्टर कन्सोल रहेको छ । यो एसयूभीमा अफरोड क्षमता हुनुको साथै २० इन्चको ह्वील तथा २२४ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

फुल्ली डिजिटल ड्यासबोर्ड रहेका ट्यांक ५०० मा एप्पल कारप्ले तथा एण्डरोइड अटो सहितको १४.६ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन र १२.३ इन्चको डिजिटल इन्टुमेन्टल क्लस्टर रहेको छ । यममा १२ वटा इन्फिनिटीको स्पीकर, वायरलेस फोन चार्जर, एचयूडी डिस्प्ले, प्यानारोमिक सनरुफ, फ्रन्ट राडार रहेको छ ।
साथै, सिट मेमोरीसहितको ८ वे इलेक्ट्रीक एड्जस्टेबल ड्राइभर सिट, ६ वे इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट प्यासेन्जर सिट, फ्रन्ट सिटमा भेन्टीलेसन तथा मसाज, डिउलजोन अटोमेटिक एसी, रियर प्यासेन्जर क्लाइमेट कन्ट्रोल सिस्टम, नापा लेदर सिटकभर आदि क्याबिन फिचर छ ।

सुरक्षाको लागि यो एसयूभीमा एबीएस, ईबीडी, टीसीएस, आरएमआई, ईएससी, बीएएस जस्ता ब्रेकिङ सिस्टम रहेको छ । त्यस्तै, एयरब्याग, फ्रन्ट तथा रियर डिसब्रेक, अफरोड क्रुज कन्ट्रोल, इलेक्ट्रीक ब्रेकिङ, ट्राफिक साइन रिमाइण्डर, इन्टेलिजेन्ट स्पीड असिस्टेन्ट, रियर कोलुजन वार्निङ, रियर क्यामरा क्लिनिङ, लोस्पिड एमरजेन्सी ब्रेक, लोस्पिड फ्रन्ट रडार अटो टर्न अन, अटो कोलुजन अनलक, इलेक्ट्रीक पावर स्टेरिङ, इलेक्ट्रीक एड्जस्ट स्टेरिङ ह्वील, अपहिल डाउनहिल असिस्ट, सेकन्डर कोलुजन मिटीगेसन, कोलुजन कट सिस्टम, लेन डिपार्चर वार्निङ, लेन चन्ज असिस्ट, फुल्ली अटोमेटिक इन्ट्रीगेटेड पार्किङ, ड्राइभर फटिग मोनिटर सिस्टम आदि फिचरहरू छन् ।

हाइब्रिड इन्जीन रहेको जीडब्ल्यूएमको ट्याङक ५०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन तथा ७५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो इन्जिनसँग ९ स्पीडको हाइड्रोलिक अटोमेटिक गियरबक्स रहेको छ । हाइब्रिड पावरट्रेनका लागि यो एसयूभीमा इलेक्ट्रीक मोटर र १.७५ किलोवाट अवारको ब्याट्री रहेको छ । यी दुवै मोटरको कम्बाइन पावर ३४६ हर्सपावर र ६१५ न्युटन मिटरको टर्क रहेको छ ।

यो एसयूभीको लम्बाइ ४९२८ एमएम, चौडाइ १९३४ एमएम, उचाइ १९०५ एमएमको रहेको छ । यो एसयूभी २८५० एमएमको ह्वीलबेसमा बनेको हो । भीजी इम्पेक्सले यो एसयूभीको सुरूआती मूल्य १ करोड ९१ लाख रुपैयाँ तोकेको छ ।


