साःख ग्रुपले ल्यायो १ करोड ४० लाख पर्ने एसयूभी

काठमाडौं । धेरै वर्षअघि जिलीका उत्पादन नेपाल ल्याएर गाडीको ब्यापारमा हात हालेको साःख ग्रुपले केही वर्षमै उक्त ब्राण्ड छाडेको थियो । त्यसपछि गाडीको ब्यापारबाट अलगै रहेको ग्रुप पुनः नयाँ ब्राण्डसतिह फर्केको अनुमान गर्न सकिन्छ ।

बेइजिङ अटोमोटीभ इन्डष्ट्री कर्पोरेशन (बीएआइसी) ले उत्पादन गरेको ‘बीजे४०एल’ लाई साःख एण्ड कम्पनी नामबाट आयात भएको हो । यसको मूल्य १ करोड ३९ लाख ४० हजार रुपैयाँ तोकिएको छ । तर, कम्पनीका कार्यकारी निर्देशक प्रबल साःख भने पहिल्यै ल्याएकाे गाडी भन्सार छुटाएकाे बताउँछन् ।

‘हामीले ल्याएको पहिल्यै ल्याएको गाडी छुटाएका हौं । अहिले पेट्रोल गाडीको बिक्री छैन । त्यसैले अटोमोवाइल ब्यापारमा हामी फर्केको भन्ने होइन’, साःखले मेरोअटोसँग भने ।

चीनको छैटौ ठूलो गाडी उत्पादक कम्पनी बीएआईसीले जर्मन ब्राण्ड मर्सडिज बेन्ज र कोरियन ब्राण्ड हुन्डाईसँग संयुक्त लगानीमा गाडी उत्पादन गर्दै आएको छ । सन् २०१६ मा बेइजिङ अटो शोमा डेभ्यू गरेको बीजे४० एल फोर डोर लाइफस्टाइल अफरोड एसयूभी हो ।

बीजे४० एलको लम्बाई ४ हजार ६३० एमएम चौडाई १ हजार ८४३ एमएम र उचाई १ हजार ८६१ एमएम रहेको छ । बीजे४०एलमा २७३० एमएमको लामो ह्वीलवेस पाउन सकिन्छ । यसमा २५४ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ ।

मस्कुलर बडी, आकर्षक फाइफस्टाइलको ग्रिल, चारै चक्कामा डिक्स ब्रेक, ठूलो साइजको टायरले यो एसयूभी रगेड देखिएको छ । यसको फ्रन्ट तथा रियर लाइटहरु एलइडी छन् । रिमूभेवल रुफ रहेको यो एसयूभीमा १२.३ इन्चको इन्स्टुमेन्ट क्लस्टर, रियर पार्किङ क्यामरा सहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

रियर पार्किङ सेन्सर, अटोमेटीक आइआरभीएम, सिक्सवे एड्जस्टेवल ड्राइभर सिट, फोरवे एड्जस्टेलवल प्यासेन्जर सिट, हिटेड फ्रन्ट सिट, मल्टीफङ्सनलन स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, डिउलजोन अटोमेटीक एसी, एयर फिल्टर सिस्टम, रेड एण्ड व्ल्याक डियूल कलरको इन्टेरियरले यसको क्यावीनलाई प्रिमियम देखाएको छ ।

सुरक्षाका लागि इबीडी सहितको एबीएस, इएसपी, इबीए, टीसीए, एचएसी, एचडीसी, आरएमआई, इपीबी, अटोहोल्ड, डिउल फ्रन्ट एयरब्याग, स्नो तथा स्पोर्ट मोड पाउन सकिन्छ ।

बीजे४० एलमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २०४ हर्सपावर र २९० न्यूटर मिटर टर्क प्रदान गर्छ । फोर ह्वील ड्राइभ क्यापासिटीको कारण यो एसयूभीलाई नेपालको जुनसुकै सडकमा सहजै चलाउन सकिन्छ । यसमा ६ स्पीड क्षमताको म्यानुअल गियरबक्स छ ।


Back_to_top