मर्सिडिजको ईभीमा आगो लागेपछि कोरियामा नियम नै फेरियो

काठमाडौं । दक्षिण कोरिया सरकारले विद्युतीय साधन उत्पादन गर्ने कम्पनीहरुले आफुले प्रयोग गर्ने ब्याट्री उत्पादकको बारेमा सम्पूर्ण विवरण सार्वजनिक गर्नु पर्ने नियम बनाइएको छ ।

विद्युतीय गाडीमा आगलागीका घटनाहरु बाहिर आएसँगै सरकारले उत्पादकले प्रयोग गर्ने ब्याट्रीको सम्पूर्ण विवरण सार्वजनिक गर्न भनिएको हो ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले कसको ब्याट्री हो भन्ने चिन्न अनिर्वाय रुपमा उत्पादकको नाम उल्लेख गर्नु पर्ने कानुन निर्माण गरेको हो । साथै त्यहाँको सरकारले गाडी उत्पादकहरुले आफ्नो भेहिकलको साइज, माइलेज, ब्याट्री साइज र पावर क्षमता जस्ता विषय उल्लेख गर्नु पर्ने बनाएको हो ।

गतसाता मात्रै मर्सिडिज बेन्जले बनाएको इलेक्ट्रीक सेडान कारमा आगलागी भएको थियो । त्यसमा चिनियाँ कम्पनी फेरासीस इनर्जीले उत्पादन गरेको गाडीमा आगलागी भएको थियो । फेरासीसले समयमा कुनै प्रतिक्रिया नदिएको भन्दै सरकारले गाडी उत्पादले सम्पूर्ण विवरण सार्वजनिक गर्नु पर्ने नियम बनाएको हो ।


Back_to_top