काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल्सले रेनो कार प्रेमिहरुका लागि यहि २०७५ पुस ५ गतेदेखि पुुस ८ गतेसम्म रेनोको शोरुम थापाथली र नक्साल, तथा भक्तपुरमा रेनो एक्सचेन्ज क्याम्प आरम्भ गरेको छ ।
‘पुरानो छोडाँै ! नयाँ गुडाऔँ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर उक्त क्याम्प स.चालन गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्निभलमा कुनैपनि पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।
रेनोको क्वीड, डस्टर र क्याप्चर मोडलहरु एक्स्चेन्ज गर्न सकिने छ । यस क्याम्पमा ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधालगायत सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
साथै, ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् ।

