बीवाइडीले रोज्यो सिलायन-०७ को लागि नेपाल, अटो शोमा हेर्न पाइने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकलको लागि नेपालको आधिकारीक बिक्रेता साइमेक्स इंकले नाडा अटो शो मार्फत नयाँ एसयूभी सिलायन-०७ सार्वजनिक गर्ने भएको छ । कम्पनीले पहिलो पटक राइट ह्याण्ड ड्राइभ मोडल नेपालबाट सार्वजनिक गर्ने भएको हो ।

अहिले अस्ट्रेलीयन सडकमा परीक्षण भइरहेको सिलायन पहिलो पटक नेपालबाट सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल वाई र किया ईभी-६ सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको सिलाइन-०७ एक मिड साइज इलेक्ट्रीक एसयूभी हो ।

नेपालमा यसले दिपल एस-०७, जिकर एक्स तथा एक्सपेङ जी-६ जस्ता प्रिमियम एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । बीवाइडीको ‘सेल टु बडी टेक्नोलोजी’मा बनेको सिलायन ‘ई प्लेटफर्म ३.० ईभो’को बेस तयार भएको हो ।

यसमा बीवाइडीको नयाँ डीसुस सी इन्टेलीजेन्ट ड्याम्पीङ बडी कन्ट्रोल सिस्टम, रोडको कन्डिसन बुझ्ने एडाप्टीभ सस्पेन्सन छ । बीवाइडीको पहिलो डीपाइलट १०० (गड्स आई) एड्भान्स ड्राइभर असिस्ट सिस्टमको साथ आएको सिलायनमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।

यसको इन्टेरियरमा १२८ कलरको एम्बीयन्ट लाइटसहितको प्रिमिमय क्याविन पाउन सकिन्छ । यसमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् ।

त्यसैगरी भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।

सिलायन ईभीको लम्बाई ४८३० एमएम, चौडाई १९२५ एमएम, उचाई १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलवेस छ । सिलायनमा ७१.८ र ८०.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । यसले ५५० देखि ६१० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसी साइकलले प्रमाणित गरेको छ ।

बीवाइडीले सिलायन ईभीमा सिंगल रियर ह्वील ड्राइभमा १७० र २३० किलोवाटको मोटर अप्सन दिएको छ । अलह्वील ड्राइभमा भने ३९० किलोवाटको मोटर छ ।


Back_to_top