काठमाडौं । गोगोरोले नाडा अटो शोमा २०२४ मा तीन मोडलका स्कुटरसँगै ब्याट्री स्वाप टेक्नोलोजी प्रदर्शन गर्ने भएको छ ।
नेपालका लागि गोगोरोको आधिकारिक बिक्रेता नेवुला इनर्जीले नाडा अटो शोमा दुई नयाँ र एउटा पुरानै मोडल प्रदर्शन गर्ने भएको हो ।
कम्पनीले यसअघि नै नेपाली बजारमा बीटूबी मोडलका रुपमा गोगोरो क्रस ओभर २५० सार्वजनिक गरेको थियो । नाडा अटो शोमा जेगो र पल्स स्कुटर सार्वजनिक गर्ने भएको हो ।
नाडा अटो शोमा पहिलो पटक सहभागिता जनाउन लागेको कम्पनीले ६ सेकेण्डमा ब्याट्री स्वाप गर्न सकिने स्वाप स्टेशन समेत प्रदर्शन गर्ने भएको छ ।
विश्व चर्चित ब्याट्री निर्माता कम्पनीले गोगोरेले निर्माण गरेको ब्याट्री स्वापिङ स्टेशनमा ६ सेकेण्डमा नै फुलचार्ज भएको ब्याट्री आफ्नो चार्ज नभएको ब्याट्रीसँग साट्न सकिने छ ।
नेवुला इनर्जीले अहिले रहेको चार्जिङ तथा स्कुटर चालकमा हुने रेन्ज एन्जाइटीलाई मध्यनजर गर्दै पेट्रोल हाल्दा लाग्ने समयभन्दा पनि छिटो समयमा नै फुलचार्ज भएको ब्याट्री विना झण्झट स्वाप गर्न सकिने स्वाप स्टेशन प्रर्दशनी गर्ने भएको हो ।
अत्याधुनिक एआइसहितको प्रविधि
गोगोरोले स्वाप स्टेशनमा अत्याधुनिक एआइसहितको स्टेशन निर्माण गर्दै आएको छ । उक्त स्वाप स्टेशनले चालकको फ्लो हेरेर व्यस्त हुने समयमा ब्याट्रीलाई फास्ट चार्ज गर्छ । अन्य रेगुलर समयमा स्लो चार्ज गर्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि विना शुल्क ब्याट्री स्वाप गर्न सक्नेछन् ।
ग्राहकले चार्ज भएको ब्याट्री लिएर स्कुटरमा राख्दा उक्त ब्याट्री र स्कुटर ‘सिंक्रोनाइज’ हुन्छ । यसले ग्राहकले प्रयोग गरेको ब्याट्री प्रतिशतको आधारमा ब्यालेन्स काट्ने काम गर्छ ।

