हिरोले ल्याउने भयो नयाँ मोडल, अटो शोमा प्रदर्शन हुने

काठमाडौं । लामो समय आधिकारिक डिलरको विवादमा रुमलिएको हिरोले ‘नाडा अटो शो २०२४’ बाट कम्तीमा ४ नयाँ मोडलसहित बजारमा प्रबेश गर्न लागेको हो ।

सीजी मोटर्सले आधिकारिक डिलरशिप लिएसँगै पहिलो पटक हिरोका उत्पादन अटो शोमा प्रदर्शनी हुन लागेका हुन् ।

कम्पनीले आफ्नो सोसल मिडिया पेज मार्फत हिरो एक्सपल्स २०० फोर भी प्रो, एक्स्ट्रीम १६० आर फोर भी र नयाँ मोटरसाइकल एक्सएमआर २१० प्रर्दशन गर्ने बताएको छ ।

यसका अलावा कम्पनीले हिरो जुम १२५ र एक्स्ट्रीम १२५ आर समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

नाडा अटो शो २०२४ मा प्रर्दशन हुने यी मोटरसाइकलहरु दशैदेखि बिक्री सुरू गर्ने योजना रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा हिरो एक्सएमआर २१० र एक्सपलस २०० प्रो बहुप्रतिक्षित मोटरसाइकल हो ।

हिरोका मोटरसाइकल अहिले नेपालमा नै एसेम्बल हुँदै आएका छन् ।


Back_to_top