यामाहा मोटर्स इन्डियाले २०१९ को सुरुवातमा एक प्रेस कन्फ्रेन्स आयोजना गर्ने भएको छ । उक्त कफ्रेन्स के को बारेमा भनेर नखुलाईए पनि यस बारे बिभिन्न आँकलन सुरु भएको छ ।
जापानीज टू ह्वीलर कम्पनी यामाहाले भारतीय बजारमा नयाँ प्रडक्क ल्याउने बारे प्रष्ट जानकारी नदिएको भारतीय मिडियाले जनाएका छन् ।
भारतीय बजारमा २०१९ को अप्रिल १ देखि १२५ सीसी माथीका बाइकमा एबीएस अनिर्वाय गरिसकेको छ । यसैलाई आधार मानेर एफजेड, एफजेड २५, आर १५ भि ३, फेजर २५ जस्ता बाइकहरुमा एबीएस फिचर थप्न लागेको अनुमान सुरु भएको छ ।
यसको लागि कम्पनी सँग अझै तीन महिनाको समय रहेको छ । यसका अलावा कम्पनीले यसअघि घोषणा गरेको ‘२०१९ आर ३’ ल्याउने अनुमान गरिएको छ ।
कम्पनीले आफ्नो इन्स्टुमेन्ट कल्स्टरमा पनि परिर्वतन गरेर ब्लुटूथ कनेक्टेड अप्सनमा उक्त बाइक ल्याउने छ ।
त्यसैले अहिले भारतीय बजारमा यामाहाले जनवरी २०१९ मा आयोजना गर्ने भनिएको प्रेस मिटमा कुन प्रडक्ट वा कस्तो प्लान अगाडि ल्याउँछ भन्ने चासो बढेको छ ।


