काठमाडौं । जिहोले नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोको उत्पादन एई ४ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा ऋषि ट्रेड सेन्टरले भित्र्याएको हो ।
ऋषि ट्रेडले जिहो एई ४ नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको हो ।कम्पनीले यस स्कुटरको सुरूआती मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
कम्पनीले नेपाल भित्र्याएको जिहो एइ ४ मा ३ किलोवाट पीक पावर क्षमताको मोटर छ । यसमा ७२ भोल्ट ४८ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई एकपटकको फुलचार्जमा ९० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसले फास्ट चार्जर समेत सर्पोट गर्छ ।
यसमा डिस्क ब्रेक, एलसीडी डिस्प्ले, क्रुज कन्ट्रोल, एन्टी थेफ्ट अर्लाम, राइड मोड, एलइडी लाइट्स जस्ता फिचर उपलब्ध छन् ।
ऋषी ट्रेड सेन्टरले जिहो एइ ८, एइ ६ र एइ ६ प्लस नेपाली बजारमा बिक्री गर्दै आएको छ । यसका अलावा कम्पनीले सिएफ मोटोका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

