काठमाडौं । सीजी मोटर्सले जीएसी एवोन-भीलाई नाडा अटो शोमा प्रदर्शनीको लागि राखेको छ । यसअघि नेपालमा बिक्री हुँदै आएको एवोन वाईभन्दा विल्कुलै नयाँ डिजाइनको एवोन भी मिड साइज एसयूभी हो ।
एवोन भीको लम्बाई ४६०५ एमएम, चौडाई १८७६ एमएम र उचाई १६८६ एमएम रहेको छ । एवोन-भी मोडलमा एच आकारको हेडलाइट, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रीम, क्लोज अफ ग्रिल दिइएको छ । कम्पनीले यसमा ११ वटा क्यामेरा, १२ वटा अल्ट्रासोनिक रेडार दिएको छ । उक्त रेडारले एडिगो पाइलट इन्टेलिजेन्ट ड्राइभिङ एसिस्ट सिस्टम सपोर्ट गर्छ ।

यसको इन्टेरियरमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन, मेटलबाट बनेको डोर ह्याण्डल र एसीभेन्ट पाउन सकिन्छ । सिटहरु पुरै फोर्ड गर्न मिल्ने छन् । ४७५ लिटरको ठूलो बुट स्पेश यसमा पाउन सकिन्छ ।

लिथियम आइरन फस्फेट ब्याट्री प्याक ६२ किलोवाटदेखि ९० किलोवाटसम्मको फरक फरक ब्याट्री अप्सनमा चीनमा बिक्री हुँदै आएको छ । सीजी मोटर्सले लेफ्ट ह्याण्ड ड्राइभ भर्सनमै यसलाई ल्याएको हो । त्यसैले यसको डिटेल र मूल्य घोषणा भएको छैन ।


