पल्सरको बिरासतमा नयाँ मोडल थपिदै, यस्तो हुनेछ ‘पल्सर २५०’

बजाज अटोले आफ्ना सबै मोडलमा कस्मेटिक परिर्वतन गर्दै भारतीय प्रदुषण मापदन्ड र सुरक्षा मापदन्ड अनुरुप नयाँ इन्जिनको तयारी गरिरहेको छ । यी सबै काम कम्पनीले २०२० को अप्रिलसम्ममा पुरा गर्ने जानकारी यसअघि नै  दिएको थियो । 

साथै, कम्पनीले भारत इमिशन स्टायडर्ड ६ अनुसारको इन्जिनसहित नयाँ फ्यागसिप मोटरसाईकल ‘पल्सर–२५०’ बजारमा ल्याउने तयारी सुरु गरेको छ । 

कम्पनीले २०२० को सुरुवातसम्ममा पल्सरको २५० सीसी मोडललाई बजारमा उतार्ने छ । कम्पनीले इलेक्ट्रीक स्कुटर उत्पादनलाई पनि जोड दिदै एक वर्ष भित्र टेस्ला प्रविधिमा आधारित रहेर स्कुटर उत्पादन गर्ने जनाई सकेको छ । 

आउदै गरेको पल्सर २५० लाई कम्पनीले विल्कुनै नयाँ फिचरहरुका साथ बजारमा ल्याउने अनुमान गरिएको छ । नयाँ इन्जिनका साथ बजारमा आउने यसमा फियुल इन्जेक्सन वा लिक्वीड कुलीङ इन्जिन मध्य एक दिने छ ।

डियुल च्यानल एबीएस सिस्टमका साथमा आउने नयाँ डिजाईन पल्सर २५०मा एलइडी हेडल्याम्प, नयाँ अलोय ह्वील र रि–डिजाइन गरिएको रियर प्रोफाइल हुनेछ । 

अहिले बजाज अटोले नयाँ इन्जिन प्ल्याटर्फम विकासको काम गरिरहेको छ । जसले बजाजका ‘यूजी६’ पल्सर सिरिजलाई अझै पावरफुल बनाउने छ ।

बजाजले पल्सर सिरिजमा १३५, १५०, १८० र २२० सीसी रेञ्जमा उत्पादन गर्दै आएको छ । अब भने कम्पनीले १२५ र २५० सीसी सेग्मेन्टमा थप दुई नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले १३५ सीसी भने १२५ को अगामनसँगै बन्द गर्ने अनुमान गरिएको छ । 


Back_to_top