नेपालमा ‘एक्स पेङ जी-६’को बिक्री सुरू

काठमाडौं । नेपाली बजारमा चिनियाँ अटोमोबाइल ब्राण्ड एक्स पेङको जी-६ मोडल बिक्री सुरू भएको छ ।

एक्स पेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ जी ६ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले यसअघि नाडा अटो शो २०२४ मा प्रदर्शनीमा राखेको जी ६ आजदेखि बिक्री सुरू गरेको हो । कम्पनीले एक्सपेङ जी ६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

जी-६ मा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । ‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-६ मा ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डीसी फास्टचार्जर सपोर्ट गर्छ ।

यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ ।

एसयूभीको लम्बाइ ४७५३ एमएम, चौडाइ १९२० एमएम र उचाइ १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वील पनि १८ र २० इन्चको अप्सन दिइएको छ । एरोडाइनाकिक्सलाई ध्यानमा राखेर निर्माण भएको जी-सिक्सको ड्रयाग कोफिसीयन्ट ०.२४८ सीडी रहेको छ ।

बडिस्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनियम कास्ट इलीमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढि रिजीडीटी पाउन सकिन्छ । यसको क्याबिन क्लीन डिजाइनमा छ ।

टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन् ।


Back_to_top