काठमाडौं । एक लिटर पेट्रोलले ४० किलोमिटर रेन्ज दिएर टोयोटा प्रियस हाइब्रिडले विश्व रेकर्ड बनाएको छ । अमेरिकाको इस्टकोस्ट न्यूयोर्कबाट वेष्टकोस्ट लस एन्जलससम्मको ४४९० किलोमिटर लामो यात्रा पुरा गर्दै टोयोटा प्रियसले विश्व रेकर्ड कायम गरेको हो ।
टोयोटाले सबैभन्दा राम्रो फ्यूल इफिसीयन्सीको विश्व रेकर्ड बनाएको छ । यति लामो यात्रामा टोयोटा प्रियस प्लगइन हाइब्रिडले १ लिटर पेट्रोलले औषत ४० किलोमिटर रेन्ज दिएको हो ।
टोयोटा प्रियसमा २.० लिटर, फोर सिलिण्डर इन्जिन दिइएको छ । यसले १५० हर्सपावर र १८८ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा रहेको इलेक्ट्रीक मोटर सहितको कम्बाईन आउटपुट भने १९० हर्स पावर छ । फ्रन्ट ह्वील ड्राइभ प्रियस हाइब्रिडमा ईसीभीटी गियरबक्स रहेको छ ।
टोयोटाले धेरै रेन्ज पाउनका लागि सुरुवातमा जेन्टल थ्रोटल पुस गर्नु पर्छ । साथै गाडी गुडिसकेपछि थ्रोटललाई आरामले भुवालाई जसरी थिच्नु पर्छ । यसो गर्दा गाडी फ्लोटिङ गरिरहेको फिल गर्न सकिन्छ ।

