रोयल इनफिल्डले संभाबित नाम ‘स्क्रायाम्लर–५००’लाई भारतीय बजारमा मार्च २०१९ मा सार्वजनिक गर्ने भएको छ । यसको नाम ‘स्क्रायाम्लर–५००’ हुन्छ वा अन्य कुनै भन्ने बारेमा कम्पनीले आधिकारीक भनाई बाहिर ल्याएको छैन । तर कम्पनीले यो बाइकको भारतीय सडकमा परिक्षण भने गरिरहेको तस्बिरहरु बाहिर आएको छ ।
कम्पनीले यो बाइकलाई क्लासिक–५००को प्ल्याटफर्ममा निर्माण गरेको हो । यसमा दिइएको साइलेन्सर माथि तिर फर्काइएको छ भने हिमाली क्षेत्रमा चलाउन सजिलो होस् भनेर यसमा स्पोक ह्वील र केनेब्ली टायर दिइएको छ । कम्पनीले यसमा डबल च्यानल एबीएस दिने भएको छ ।
यसमा प्रयोग गरिएको इन्जिन क्लासिक–५०० बाट लिइएको हो । ५०० सीसी क्षमताको इन्जिनले ५२५० आरपीएममा २७.२ पीएस पावर उत्पादन गर्छ भने, ४००० आरपीएममा ४१.३ एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ । ५ स्पीड म्यानुयल गियरका साथ आउने यो बाइक क्लासिक–५०० भन्दा महंगो हुनेछ ।


