नोभेम्बरबाट उत्पादन सुरू हुँदै हाइब्रिड ‘मिनी ल्याण्डक्रुजर’

काठमाडौं । आगामी महिना सार्वजनिक हुन लागेको टोयोटाको ‘मिनी ल्याण्डक्रुजर’ पछिल्लो टोयोटाको सबैभन्दा ठूलो इनोभेसन हुनेमा कुनै शंका छैन । ल्याण्डक्रुजर एफजे नामले चिनीने लाइफ स्टाइल एसयूभीमा लाइट हाइब्रिड इन्जिन प्रयोग गर्न लिएको हो ।

टोयोटाले उक्त लाइट हाइब्रिड इन्जिन हाइलक्स पीकअपमा सफल प्रयोग गरिसकेको छ । हाइलक्समा प्रयोग भएको इन्जिन ४ सिलिण्डर टर्बो डिजेल हो ।

इलेक्ट्रीक स्टार्टर जेनेरेटर र ४८ भोल्टको सानो ब्याट्री उपलब्ध मिनी ल्याण्डक्रुजरले इन्धन खपत ६ देखि १० प्रतिशतसम्म कम गर्नेछ । २०४ पीएस पावर तथा ५०० न्यूटन मिटर टर्क प्रदान गर्ने इन्जिनको भाइब्रेसन र आवाज दुबै एकदमै कम हुनेछ ।

टोयोटाले ल्याण्डक्रुजर एफजेमा १६६ पीएस पावर दिने २.७ लिटर क्षमताको पेट्रोल इन्जिन र लाइट हाइब्रिड सिस्टम अप्सनमा दिन लागेको हो । टोयोटाको नयाँ एसयूभीमा अटोमेटीक गियरबक्स र फोरह्वील ड्राइभ अप्सन पाउन सकिन्छ ।

अहिलेसम्म बाहिर आएका रिपोर्ट अनुसार ल्याण्डक्रुजर एफजे एसयूभीको लम्बाई ४५०० एमएम र ह्वीलवेस २७५० एमएम रहने छ ।

आगामी नोभेम्बर महिनाबाट थाइल्याण्डको प्लान्टमा उत्पादन सुरु हुने एसयूभी यसैवर्षको अन्त्यबाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top