दुई भेरियन्टमा नेपाल आयो ‘टोयोटा एलसी-२५०’, यस्तो छ मूल्य

काठमाडौं । विश्वकै ठूलो कार निर्माता जापानी ब्राण्ड टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ एलसी-२५० एसयूभी नेपाल ल्याएको छ । कम्पनीले ल्याएको नयाँ एसयूभी दुई भेरियन्टमा उपलब्ध रहेको हो ।

आधिकारीक बिक्रेताले एलसी-२५० प्राडो अल राउण्डर र लग्जरी गरी दुई भेरियन्टमा ल्याएको छ । आगामी साताबाट बिक्री सुरु गर्ने तयारी भइरहेको एलसी-२५० अमेरिकी बजारमा बिक्री सुरु भएदेखि नै चर्चामा रहेको मोडल हो ।

नयाँ एलसी-२५० प्राडोमा २५७७ सीसीको फोर सिलिण्डर इन लाइन इन्जिन दिइएको छ । यसको अधिकतम पावर २०४ पीएस रहेको छ । ८ स्पीड अटोमेटीक गियरबक्स रहेको लग्जरी भेरियन्टको मूल्य ३ करोड ७० लाख रुपैयाँ कायम गरेर बिक्री गर्न लागेको हो ।

नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सीङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटीक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता आवश्यक फिचर यसमा छन् ।

टोयोटाले एलसी-२५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरुफ/मुनरुफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्यूल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपीक स्टेरिङ दिइएको छ ।

नयाँ एसयूभीको लग्जरी भेरियन्टमा १२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी-२५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पाउन सकिन्छ ।

कम्पनीले नेपाल ल्याएको एलसी-२५० प्राडोको अल राउन्डर भेरियन्टको मूल्य ३ करोड २० लाख रुपैयाँ तोकिएको छ । यसमा लग्जरी भेरियन्टमा भएका सनरुफ, अटोमेटीक एसी जस्ता फिचर छैन । साथै, स्कृन सानो छ भने स्पीकरको संख्या पनि कम हुनेछ ।


Back_to_top