हुन्डाईले भारतमा बनाउने भयो पहिलो हाइब्रिड एसयूभी

सांकेतिक तस्बिर

काठमाडौं । कोरियन्ट अटो जाइन्ट हुन्डाईले भारतमा पहिलो हाइब्रिड कार उत्पादन गर्ने भएको छ । हुन्डाईको योजना खुलासा गर्दै अटोकार इन्डियाले लेखेको छ, ‘अबको २४ देखि ३० महिनामा हुन्डाईको हाइब्रिड एसयूभी भारतीय सडकमा गुड्ने छन् ।’

हुन्डाईले नयाँ हाइब्रिड एसयूभीको विकास ‘एनआई१आई’ नाम दिएर सुरु गरेको रिपोर्टमा दावी गरिएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी अल्काजार र टुसानको बीचमा आउने छ ।

कम्पनीले पेट्रोल हाइब्रिड इन्जिनमा ल्याउने एसयूभीको विषयमा धेरै जानकारी बाहिर आएको छैन । भारतमा सुजुकी र टोयोटा जस्ता जापानी ब्राण्डले हाइब्रिड कारको विकासमा आफुलाई केन्द्रित गरेको भन्दै हुन्डाई पनि त्यहि सेग्मेन्टमा प्रबेश गर्न लागेको हो ।

भारतमा सर्वाधिक सफल १.५ लिटर इन्जिनको साथ स्ट्रङ हाइब्रिड टेक्नोलोजी प्रयोग गरेर हुन्डाईले नयाँ एसयूभी ल्याउन लागेको अनुमान गरिएको छ । पछिल्लो दिनमा टोयोटा र सुजुकीको हाइब्रिड कारको माग उच्च हुन थालेसँगै हुन्डाईले पनि हाइब्रिड दौडमा आफुलाई सहभागि गराउन लागेको देखिन्छ ।


Back_to_top