काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले भारतमा प्लान्ट स्थापनाको लागि राज्यसत्तासँग नजिक मानिएका अम्बानी र अदानीसँग सहकार्यको प्रयास गरिरहेको समाचार अटोकार इन्डियाले लेखेको छ ।
अटोकार प्रोफेश्नलसँगको एक छलफलमा बीवाइडी इन्डिया इलेक्ट्रीक प्यासेन्जर भेहिकल बिजनेश हेड राजिव चौहानले बीवाइडीले भारतमा पूर्ण क्षमताको प्लान्ट बनाउन चाहेको उल्लेख गर्दै प्लान्ट नलाग्दासम्म भारतमा ग्लोवल प्रोडक्ट ल्याएर दिने बताएका थिए ।
चौहानले ठ्याक्कै नबताएपनि अटोकार इन्डियाले अम्बानी र अदानी ग्रुप मध्ये कुनै एक कम्पनीसँग साझेदारी गरेर बीवाइडी भारत प्रबेश गर्नेछ । बीवाइडीले सन् २०२५ मै प्लान्ट लगाउन चाहेको रिपोर्टमा दावी गरिएको छ ।
ग्रेटवाट मोटरले भारतमा प्लान्ट लगाउने योजना अगाडि सारेपनि भारत सरकारले अनुमति नदिदा उसले आफ्नो योजना रद्ध गरेको थियो । चिनियाँ अटोमोवाइल उत्पादकहरुलाई भारतमा लगानी गर्न र बढाउन पनि समस्या हुँदै आएको छ । एमजी इन्डियाको लगानी वृद्धि प्रस्तावलाई भारत सरकारले रोकेपछि एसएआईसी ग्रपसँग भारतमा जिन्दाल ग्रुपले साझेदारी गरेपछि मात्रै लगानी विस्तारको अनुमति दिइएको थियो ।
विगतको अनुभवलाई मध्येनजर गर्दै बीवाइडीले सुरुवातबाटै स्थानीय कम्पनीसँग साझेदारी गर्ने योजना अघि बढाएको रिपोर्टमा उल्लेख गरिएको छ ।
अहिले बीवाइडीले तामिलनाडुमा सानो साइजको एसेम्वली प्लान्ट संचालन गरिरहेको भएपनि तयारी कार नै आयत गरेर बिक्री गर्दै आएको छ । बीवाइडीले सन् २०२३ मा २३०० यूनिट विद्युतीय कार भारतमा बिक्री गरेको थियो । चालु वर्षमा २ हजार यूनिट पुरा भइसकेको छ ।
भारतमा आगामी २ वर्ष वार्षिक ४० प्रतिशतले बिक्री बढाउदै १० हजार यूनिट कार बेच्ने योजना बनाएको बीवाइडीले डिलर संख्या वृद्धि गर्दै २७ वाट ४७ बनाउने भएको हो ।


