१ लाख १५ हजार डलर पर्ने ‘पोर्श्चे टर्बो म्याकन’ ईभी

काठमाडौं । विद्युतीय कार अहिले पनि चीन बाहिर उत्पादन हुने सबै ब्राण्डको मूल्य महँगा छन् । त्यसमा पनि पोर्श्चे जस्तो प्रिमियम र पर्फमेन्सको लागि कहलिएको ब्राण्डले उत्पादन गरेको कारको मूल्य बढी नै हुने भयो ।

अमेरिकी बजारमा सार्वजनिक भएको २०२४ म्याकन इलेक्ट्रीकको टप भेरियन्ट टर्बो म्याकनको मूल्य १ लाख ५० हजार अमेरिकी डलर कायम गरिएको छ ।

मिड साइज क्रसओभर मोडलको रूपमा उपलब्ध यो कारको मूल्यलाई लिएर अहिले अमेरिकामा खुबै चर्चा भइरहेको सुन्न पाइन्छ । कम्पनीले उपभोक्तालाई सजिलो होस् भनेर बेस भेरियन्टको मूल्य ७५ हजार ३०० अमेरिकी डलर तोकेको छ । यो भेरियन्ट किन्नेले आफ्नो आवश्यकता अनुसार थप एशोसरिज लगाउन सक्नेछन् ।

कम्पनीले गाडीको बाहिरी भागको लागि थप १३ हजार डलर बढीको सामान लगाउन सक्ने छन् । साथै, इन्टेरियरमा लेदर सीट, हेडअप डिस्प्ले जस्ता फिचरको लागि अतिरिक्त रकम खर्च गरेर लगाउन सक्नेछन् ।

पोर्श्चेले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको म्याकनमा १०० किलोवाट आवर क्षमताको ब्याट्रीलाई अधिकतम २७० किलोवाटको डीसी फास्ट चार्जरबाट रिचार्ज गर्न सकिन्छ । उक्त चार्जरले २१ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने पोर्श्चेको दाबी छ ।

रियर ह्वील र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध म्याकनमा २४८ किलोवाट र म्याकन टर्बो मोडलमा ३८० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । ईपीएका अनुसार यसले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिन्छ ।


Back_to_top