घटस्थापनाको दिन १०० ओमोडा/जेकोका एसयूभी हस्तान्त्रण

काठमाडौं । ओमोडा/जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले देशभर रहेका आफ्नो डिलर नेटवर्कबाट घटस्थापनाको दिन १०० यूनिट इलेक्ट्रीक एसयूभी ग्राहकलाई हस्तान्त्रण गरेको जनाएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै ओमोडा ई-५ र जेको जे-६ मिलाएर १०० यूनिट डेलिभरी दिएको जनाएको हो ।

एसपीजी अटोमोवाइलले अमोडाको सस्तो भेरियन्ट नाडा अटो शो मार्फत बिक्री सुरु गरेको थियो । सँगै लाइफ स्टाइल एसयूभीको रुपमा नेपाल आएको जेको जे-६ ले पनि निकै राम्रो बुकिङ अटो शो २०२४ मा पाउन सफल भएको थियो ।

ओमोडा ई-५ मा ९९ किलोवाट क्षमताको मोटर र ६१ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध छ । कुप्पे डिजाइनमा उपलब्ध ई-५ नेपाली सडकमा मात्रै संख्यामा गुड्न थालिसकेको छ ।

जेको जे-६ मोडल लाइफ स्टाइल एसयूभी हो । यसमा १३० किलोवाट क्षमताको मोटर र ६६ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । दुबै एसयूभीले ४०० किलोमिटर माथि रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।


Back_to_top