काठमाडौं । केटीएम २०० ड्यूकको २०२५ मोडल सार्वजनिक भएको छ । केटीएम इन्डियाले केही फिचरहरू थप गरेर २०२५ मोडल केटीएम २५० सार्वजनिक गरेको हो ।
कम्पनीले केटीएम २०० ड्यूकमा नयाँ टीएफटी कन्सोल थप गर्नुका साथै नयाँ कलर अप्सन दिएर ल्याएको हो ।
केटीएम २०० ड्यूकको २०२५ भर्सनको मूल्य २ लाख ३ हजार ४१२ रुपैयाँ (एक्स शोरुम) तोकेर सार्वजनकि गरेको छ । यसको २०२४ मोडलको तुलनामा कम्पनीले ३ हजार ४६२ भारतीय रुपैयाँले मूल्य बढाएको हो ।
केटीएम २०० ड्यूकको मूल्य १ लाख ९८ हजार ९५० रुपैयाँ रहेको छ ।कम्पनीले २०२५ केटीएम २०० ड्यूकमा ३९० ड्यूकमा भएको टीएफटी डिस्प्ले दिएको छ । जसमा टर्न वाइ टर्न नेभिगेशन, कल/एमएमस अर्लट, हेडसेट कनेक्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।
कम्पनीले यसमा थर्ड जेन ३९० ड्यूकमा जस्तै लेफ्ट ह्यान्ड साइड स्वीच गियर दिएको छ । नयाँ मोडल मेटालिक सिल्भर र अरेन्ज/डार्क कलरमा २०२५ केटीएम २०० ड्रयूक उपलब्ध गराएको हो । यसका अलावा अन्य कुनै परिर्वतन गरिएको छैन् ।
केटीएम २०० ड्यूकमा १९९.५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले २५ पीएस पावरका साथै १९.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्पिल एसिस्ट क्लच, स्वीचऐवल सुपरमोटो एबीएस जस्ता फिचर उपलब्ध छन् ।

