एमजीको नयाँ एसयूभी ‘इएस-फाइभ’, जनवरीमा नेपाल आउने

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले आफ्नो चर्चित एसयूभी जेडएसको नयाँ जेनेरेशन मोडलको पहिलो तस्बिर सार्वजनिक गरेको छ । कम्पनीले आज साँझसम्म बाहिर ल्याउने नयाँ क्रसओभरको नाम इएस फाइभ राखेको हो । आज अक्टोबर १५ तारिखकको साँझसम्ममा यसको डिटेल बाहिर आउने अनुमान गरिएको छ ।

एमजी फोर ह्याचव्याकमा आधारित नयाँ क्रसओभर मोडल निकै स्टाइलिस देखिएको छ । नयाँ क्रसओभर मोडलको लम्बाई ४४८० एमएम, चौडाई १८५० एमएम रहने छ । लम्बाई र चौडाईमै नयाँ इएस-फाइभ केही ठूलो हुनेछ ।

कम्पनीले नयाँ क्रसओभरमा क्याटलले उत्पादन गरेको लिथियम आइरन फस्फेट ब्याट्री दिनेछ । चीनबाट बिक्री सुरु हुने नयाँ क्रसओभर मोडल आगामी जनवरीसम्ममा नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top