महिन्द्राको ‘एक्सयूभी-४००’ भन्दा सस्तो ईभी परीक्षणमा, चाँडै बजारमा आउने

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले सन् २०२४ को अन्तिमसम्ममा बजारमा ल्याउने जनाएको नयाँ इलेक्ट्रीक एसयूभीको तिब्र परीक्षण गरिरहेको छ । कम्पनीले आफ्नो एक्सयूभी ४०० इलेक्ट्रीकभन्दा कम मूल्यमा ल्याउने नयाँ ईभी ‘एक्सयूभी थ्रीएक्सओ’ परीक्षणमा रहेको हो ।

महिन्द्राले आउँदै गरेका थुप्रै मोडलको परीक्षण गरिरहेको छ । यस्तोमा निकै आकर्षक डिजाइनको एक्सयूभी थ्रीएक्सओको इलेक्ट्रीक भर्सन अहिले चर्चा पाइरहेको मोडलमा पर्छ । यसले भारतीय बजारमा नेक्सन ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्राकै एक्सयूभी ४०० भन्दा सानो साइजमा आउने थ्रीएक्सओ ईभीको एक्सटेरियर धेरैहदसम्म पेट्रोल मोडलकै जस्तो रहनेछ । परीक्षणमा देखिएको गाडीमा पनि धेरै स्थानमा कप्पर फिनिसिङ देख्न सकिन्छ ।

सी आकारमा तयार भएको एलइडी डिआरएल र कनेक्टेड टेललाई पनि पेट्रोल मोडलबाटै लिइएको छ । १७ इन्चको नयाँ र स्टाइलिस अलोय ह्वील उपलब्ध हुने एसयूभीमा इन्टेरियर पनि निकै फिचर लोडेड हुनेछ ।

महिन्द्राले यसमा दुई वटा समान १०.२ इन्चका स्कृन प्रयोग गर्नेछ । भ्यान्टिलेटेड फ्रन्ट सिट, सफ्टटच ड्यासबोर्ड, वायरलेस चार्जर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पानारोमीक सनरुफ, रियर एसीभेन्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

टाटा नेक्सनले ब्याट्री साइज ४५ किलोवाट आवरसम्म पुर्याएको कारण महिन्द्राले त्यहिसँग प्रतिस्पर्धा गर्न ल्याउने गाडीमा ठूलै ब्याट्री रहने अनुमान गर्न सकिन्छ । यसको टेक्नीकल डिटेल्सका विषयमा कम्पनीले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।


Back_to_top