काठमाडौं । हिरो मोटोकर्पले इआईसीएमए (इक्मा) अटो शो २०२४ मा नयाँ एक्सपल्स सार्वजनिक गर्ने भएको छ । इक्मा अटो शोको दिन नजिकिदै गर्दा हिरो मोटोकर्पले एक टिजर सार्वजनिक गर्दै नयाँ एक्सपल्स सार्वजनिक गर्ने संकेत गरेको हो ।
हिरोले नोभेम्वर ७ देखि सुरू हुने इक्मा अटो शोमा नयाँ एक्सपल्स सार्वजनिक गर्ने यसअघि नै रिपोर्टहरु बाहिर आएका थिए । कम्पनीले अहिले सार्वजनिक गरेको टिजरमा एक्सपल्स २१० वा ४४० कुन हो भन्ने खुलेको छैन । कम्पनीले लामो समयदेखि एक्सपल्स विगर भर्सन र एक्सपल्स २१० को परिक्षण गर्दै आएको छ ।

टिजरमा देखिए अनुसार यसको फ्रन्ट फेसियामा हाइपर राइडर एशोसरिज प्रयोग गरिएको छ । यसकारण पनि नयाँ एक्सपल्स हालै बजारमा आएको करिज्मा एक्सएमआर २१० को इन्जिनमा आउने अनुमान गर्न सकिन्छ ।
हिरो मोटोकर्पले बढ्दो एड्ेन्चर कल्चरलाई फोकस गर्दै मिडसाइज एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी गरेको हो । कम्पनीले लामो समयदेखि एक्सपल्स ४४० को परिक्षण गर्दै आएको छ । एक्सपल्स ४४० ले ४० हर्षपावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, एक्सपल्स २१० मा आउने हो भने करिज्मामा प्रयोग भएको यो इन्जिनले २६ बीएच पावरका साथै २१ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले सार्वजनिक गरेको टिजरमा पुरानो फोटो प्रयोग गरेर सरप्राइज दिने मार्केटिङ रणनीति प्रयोग गरेको हुनसक्ने छ ।

