जिकर एक्समा थपियो फिचर, घट्यो २५ प्रतिशत मूल्य

काठमाडौं । चिनियाँ अटोमोवाइल ग्रुप जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरको ‘एक्स’ मोडलको २०२५ भर्सन सार्वजनिक भएको छ । नयाँ भर्सनमा फिचरहरु थप भएका छन् भने मूल्य २५ प्रतिशतले घटेको हो ।

चीनमा सरकारी अनुदानपछि यसको मूल्य १८ हजार ९५० अमेरिकी डलर कायम भएको छ । अन्यथा यसको मूल्य २१ हजार ५० डलर कायम भएको हो ।

जिकर एक्सलाई कम्पनीले ४९ किलोवाट आवरको एलएफपी ब्याट्रीमा पनि ल्याएको छ । कम्पनीले सानो र नयाँ ब्याट्री अप्सनमा ल्याएको हो । रियर ह्वील ड्राइभ अप्सनमा आएको जिकर एक्स निकै आकर्षक फिचरले भरिपूर्ण रहेको छ ।

जिकर एक्स क्रसओभरको इन्टेरियर भने पुरानै छ । कम्पनीले यसको २०२५ भर्सनमा कालो कलर बडी पेन्टस् दिएको छ । नयाँ १८ इन्चको ह्वील यसमा पाउन सकिन्छ ।

जिकरले एक्स मोडललाई दुई फरक सिट क्षमतामा ल्याएको छ । एउटा ४ र अर्को ५ सिट क्षमतामा उपलब्ध गराएको छ । साइज, ह्वीलवेस र बडी डिजाइन समान रहेको छ । यसमा १४.६ इन्चको सेन्टर स्कृन दिइएको छ ।

नयाँ ब्याट्रीसँग २०० किलोवाट क्षमताको मोटर रहेको छ । साथै, ६६ किलोवाट आवरको ब्याट्रीमा पनि यसलाई उपलब्ध गराएको छ । सानो ब्याट्रीको सीएलटीसी रेन्ज ४२० किलोमिटर रहेको छ । कम्पनीले यसको टप अल ह्वील ड्राइभको मूल्य नै २७ हजार डलर कायम गरेको छ ।


Back_to_top