काठमाडाै । रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको छ । इटालीको मिलानमा दुइ दिनपछि सुरू हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ अगाडि नै इलेक्ट्रीक मोटररसाइकल प्रदर्शन गरेको हो ।
कम्पनीले आफ्नो इलेक्ट्रीक मोटरसाइकलको नाम फ्लाइङ्ग फेला एफ सी-६ राखेको हो ।
क्लासीक मोटरसाइकल निर्माण गर्ने रोयल इनफिल्डले इलेक्ट्रीक मोटरसाइकल समेत क्लासीक स्टाइलमा नै तयार पारेको छ । कम्पनीले स्क्रयाम्बलर स्टाइल एफएफ एस ६ समेत प्रदर्शन गरेको छ । कम्पनीले इलेक्ट्रीक मोटरसाइकल रेन्जलाई फ्लाइङ्ग फेला नाम दिने भएको हो । यी मोटरसाइकलहरु २०२६ मा बजारमा आउने अनुमान गर्न सकिन्छ ।
कम्पनीले फ्लाइङ्ग फेला वल्र्ड वार दोस्रोमा प्रयोग गरेको मोटरसाइकलको नामबाट लिएको हो । त्यस समयमा फ्लाइङ्ग फेला सिम्पल डिजाइन, उच्च प्रदर्शन र सजिलो ह्यान्डलिङको लागि प्रख्यात मोटरसाइकल थियो ।
रोयल इनफिल्डले फ्लाइङ्ग फेला सी ६ लाई पनि सिम्पल डिजाइनमा तयार पारेको छ । रेट्रो फिल दिने राउन्ड हेडल्याम्प र राउन्ड सेप रियर भ्यू मिरर दिइएको छ ।
फ्लाइङ्ग फेला रेन्जको लागि कम्पनीले नयाँ लोगो तयार पारेको छ । योसँगै फ्लाइङ्ग फेला सी ६ ग्रिडर फर्क भएको पहिलो मोटरसाइकल भएको छ । ग्रिडर फर्क ४० को दशकमा धेरै प्रयोग हुने गरेको थियो ।
कम्पनीले इलेक्ट्रीक मोटरसाइकलको बारेमा धेरै जानकारी बाहिर ल्याएको छैन् भने केही दिनमा यसको डिटेल्स बाहिर आउने अनुमान गरिएको छ । यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, डबल डिस्क ब्रेक, कर्नरिङ एबीएस, लिन एंगल सेन्सर, टीएफटी डिस्प्ले, कनेन्ट फिचर जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ ।

