२२० एमएम ग्राउन्ड क्लियरेन्स भएको ‘एलईभी-०१’ (फोटोफिचर)

काठमाडौं । तपाई उच्च ग्राउन्ड क्लियरेन्स भएको विद्युतीय क्रसओभर मोडलको खोजीमा हुनुहुन्छ भने वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चरले एलईभी-०१ मोडल नेपाल ल्याएको छ । कम्पनीले ल्याएको क्रसओभरमा २२० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

नेपाली बजारमा अहिलेसम्म उपलब्ध क्रसओभर मोडलहरु १९० एमएमसम्म ग्राउन्ड क्लियरेन्स भएका छन् । यस्तोमा एलईभीले ल्याएको पहिलो मोडल सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको मोडलमा पर्छ ।

नेक्सन भेन्चरले एलईभीलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । स्टायण्डर्ड भेरियन्ट र कम्फर्ट भेरियन्टको मूल्य भने ९ लाख रुपैयाँ फरक राखिएको छ ।

एलईभीको स्टायण्डर्ड भेरियन्टको मूल्य ५९ लाख ४५ हजार रुपैयाँ र कम्फर्ट भेरियन्टको मूल्य ६८ लाख ४५ हजार रुपैयाँ तोकिएको हो ।

कम्पनीका अनुसार यसमा १९ इन्चको ठूलो ह्वील पाउन सकिन्छ । यसमा ९९ किलोवाट क्षमताको मोटर छ भने ६७.१ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर हाराहारी पर्छ । यसमा रहेको ब्याट्रीलाई डिसी चार्जरले ३५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

अहिले आएको डेमो भेहिकलको परीक्षण भइरहेको कम्पनीले जनाएको छ । आगामी दुई साता भित्रै यसको आधिकारीक बिक्री वितरण सुरु हुने कम्पनीले जनाएको छ ।


Back_to_top