महिन्द्रा कम्पनीले लामो समयदेखि भारतीय बजारमा बिक्री वितरण बन्द भएको जावा मोटरसाइकल भारतीय बजारमा ल्यायो । हाल, कम्पनीले पुनः नयाँ दुईओटा मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ ।
कम्पनीले २०१९ को अन्त्यसम्ममा एजदी र बिएसए ब्रान्डका बाइक सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यो मोटरसाइकलमा ५०० देखि ७०० सीसी क्षमताका इन्जिन उपलब्ध हुने जनाएको छ । यी बाइकको मूल्य जावाको भन्दा बढि तोकिने अनुमान गरिएको छ ।
पुरानो मोडलको तुलनामा एजदीमा पावरफुल इन्जिन दिइएको छ । यो बाइकमा पुराना मोडलको तुलनामा कम डिस्प्लेसमेन्टका साथै कम तौल हुनेछ । यसले माइलेज उत्कृष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पुराना एजेदी मोटरसाइकलमा २५० सीसी फोर स्ट्रोक एयर कुल्ड इन्जिन लगाइएको थियो । उक्त इन्जिनले १३ बिएचपी पावरका साथै २०.५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्थ्यो । कुनै समय निक्कै चर्चा कमाएको यो मोटरसाइकलकलाई कम्पनीले आयल किङ्ग नाम दिएको थियो ।
हाल, महिन्द्राले सार्वजनिक गरेको मोटरसाइकल जावाले रोयल इनफिल्डसँग प्रतिस्पर्धा गरिरहेको छ । जावा मोटरसाइकलप्रति ग्राहकको आकर्षण बढ्दै गएको महिन्द्राले जनाएको छ । यी आउने दुबै नयाँ मोटसाइकलको मुल्य १ लाख ९० हजार भारतीय रुपैयाँको आपपास रहने अनुमान गरिएको छ ।


