‘टोयोटा एलसी-२५०’ अर्को साताबाट बिक्री सुरू हुँदै (मूल्यसहित)

काठमाडौं । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्राडो एलसी-२५० मोडल बिक्री सुरु गर्ने भएको छ । यसअघि नै बुकिङ लिन सुरु गरेको नयाँ प्राडो आगामी साताबाट ग्राहकलाई दिने तयारी भएको हो ।

टोयोटा प्राडो एलसी-२५० लाई कम्पनीले ५ र ७ सिट क्षमतामा ल्याउने छ । ५ सिट क्षमताको नयाँ प्राडो अल राउण्ड भेरियन्टको मूल्य ३ करोड २० लाख हाराहारी पर्ने छ । साथै, ७ सिट क्षमताको अल राउण्ड भेरियन्टको मूल्य ३ करोड ३२ लाख पर्ने कम्पनी स्रोतले जनायो ।

यसको लग्जरी भेरियन्टको मूल्य ३ करोड ७० लाख पर्नेछ । उक्त भेरियन्ट ७ सिट क्षमतामा मात्रै उपलब्ध हुनेछ । नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सीङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटीक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता आवश्यक फिचर यसमा छन् ।

टोयोटाले एलसी-२५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरुफ/मुनरुफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्यूल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपीक स्टेरिङ दिइएको छ ।

नयाँ एसयूभीको लग्जरी भेरियन्टमा १२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी-२५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पाउन सकिन्छ ।

कम्पनीले नेपाल ल्याएको एलसी-२५० प्राडोको अल राउन्डर भेरियन्टमा सनरुफ, अटोमेटीक एसी जस्ता फिचर छैन । साथै, स्कृन सानो छ भने स्पीकरको संख्या पनि कम हुनेछ ।


Back_to_top