हुन्डाई मोटर्समा पहिलो पटक गैर कोरियन सीइओ नियुक्त

काठमाडौं । हुन्डाईले पहिलो पटक गैर कोरियन सीइओ नियुक्ती गरेको छ । हुन्डाई मोटर कम्पनीले जोसे मुनोजलाई कम्पनीको ग्लोबल बिजनेश लिड गर्ने गरी सीइओ नियुक्त गरेको हो ।

आगामी जनवरी १, २०२५ बाट कार्यभार सम्हाल्नेगरी सीइओ नियुक्त गरिएको हुन्डाईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जोसेले अब हुन्डाई मोटर कम्पनीको बोर्ड अफ डाइरेक्टरको रुपमा समेत काम गर्नेछन् ।

जोसेले कम्पनीको ‘कस्टुमर फोकस भिजन प्रोगेस फर ह्वीम्यानिटी’का लागि काम गर्नेछन् । उनले भविष्यको यातायातको साधन, विद्युतीकरण, इन्जिनको विकास र हाइड्रोजन फ्यूलसेल टेक्नोलोजीमा हुन्डाईलाई डोर्याउने छन् ।

जोसेले सन् २०१९ मा हुन्डाई एण्ड जेनेसिस मोटर नर्थ अमेरिकामा लागि चिफ अपरेटिङ अफिसर र प्रेसिडेन्टको रुपमा कम्पनीमा प्रवेश गरेका थिए । हुन्डाईमा आउनु अगाडि उनि निसान मोटर कर्पोरेशनको चीन र उत्तर अमेरिकमा चीफ पर्फर्मेन्स अफिसरको रुपमा कार्यरत थिए ।

यसअघि उनले टोयोटा मोटर युरोपमा समेत विभिन्न तहको ब्वस्थापन टीममा रहेर काम गरेका थिए । युरोपियन देश स्पेनमा जेन्मेका उनी अमेरिकी नागरिक हुन् । उनले न्यूक्लीयर इन्जिनियरिङमा पीएचडी गरेको छन् ।


Back_to_top