सीएफ मोटोले ल्यायो फाइनान्स स्कीम, मासिक २९ हजारमा ४५० एमटी

काठमाडौं । सीएफ मोटो मोटरसाइकल किन्न फाइनान्स सुविधा पाइने भएको छ । सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले फाइनान्स स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीम अनुसार ५० प्रतिशत डाउन पेमेन्ट गरेर २४ महिनासम्मको किस्ता अवधिमा मोटरसाइकल किन्न सकिने भएको हो ।

ग्राहकले आफ्नो चाहना अनुरुप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन् ।

यो सु्विधा हालका लागि नक्साल र झम्सीखेलमा शोरुममा उपलब्ध हुने छ भने आगामी दिनमा देशभर रहेको शोरुममा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो स्कीममा सीएफ मोटोको नयाँ एड्भेन्चर मोटरसाइकल ४५० एमटी किन्न चाहाने ग्राहकले ६ लाख २५ हजार डाउन पेमेन्ट गरेर मासिक २९ हजार ४१९ रुपैयाँ मासिक रुपमा २४ महिना बुझाएर किन्न सक्नेछन् ।

सीएफ मोटो ४५० एमटी एड्भेन्चरमा ४४९।५ सीसी, लिक्विड कुल्ड, प्यारलल–ट्विन इन्जिन रहेको छ । यो इन्जिनले ९५०० आरपीएममा अधिकतम ४४ बीएच पावर र ७६०० आरपीएममा अधिकतम ४४ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top