‘युरोपीयन कार अफ दी इयर’को अन्तिम प्रतिस्पर्धामा ईभी–थ्री

काठमाडौं । किया ईभी–थ्रीले ‘युरोपीयन कार अफ दी इयर’को फाइनल ७ भित्र आफ्नो स्थान सुरक्षीत गरेसँगै धेरैले यसलाई चासोका साथ हेरेका छन् । नोभेम्बर ११ तारिखबाट मात्रै युरोपमा यसको बिक्री वितरण सुरु भएको हो ।

कियाले आफ्ना ठूला गाडी बनाउँदै आएको प्लेटफर्ममा ईभी–थ्री बनाएको हो । त्यसैले बजारमा आउनु अगाडि नै यसमा रहेको ब्याट्री साइज, रेन्ज, फिचर वा टेक्नोलोजीका बारेमा बहस सुनिन्थ्यो ।

कियाले ईभी–थ्रीलाई सानो साइजको डब्बा नबनाएर ईभी–सिक्स, ईभी–९ वा हुन्डाई आयोनीक–फाइभभन्दा कुनै पनि कुरामा कमजोर बन्न नदिएको दावी गरेको छ । बजारमा आउँदा त्यो विषय प्रमाणित भयो ।

कोरियन ईभीमा विभिन्न लेभलको रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, वान पेडल ड्राइभिङ (आई पेडल) समेत दिइएको छ । कियाले यसमा लेटेष्ट आई पेडलको ३.० मोडल प्रयोग गरेको हो । यसमा रिभर्समा समेत रिजेनेरेटीभ सिस्टम पाउन सकिन्छ ।

यसमा प्रयोग भएको एड्भान्स रिजेनेरेटीभ ब्रेकिङ सिस्टम अब सेमी अटानोमस ड्राइभिङ्गसँगै काम गर्नेछ । यसअघि कारले क्यामरा इन्फर्मेसनको स्पीडबाट यसलाई डिफाइन गथ्र्यो भने अब सबै एप्रोचको प्रयोगरी म्याक्सीमम इफिसीयन्सी दिनेछ ।

साथै, अब ईभी–थ्रीमा मेमोरी फङ्सन समेत थपिएको छ, जसले तपाई गाडी रिस्टार्ट गर्दा समेत पहिलाको सेटिङ विगार्दैन ईभी–थ्रीमा नेक्स्ट जेनेरेशन ५८.३ किलोवाट आवर र ८१.४ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसमा रहेको सानो ब्याट्रीलाई २९ मिनेट र ठूलो ब्याट्रीलाई ३१ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कियाले आफ्नो सानो इलेक्ट्रीक एसयूभीलाई ४३०० एमएम लम्बाइ, १८५० एमएम चौडाइ र १५६० एमएम उचाइमा ल्याएको छ । किया ईभी–थ्रीले १२८ किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ । यसमा भेहिकल टुु लोड फङ्सन पाउन सकिन्छ ।

यसको इन्टेरियरमा हिटीङ, भेन्टीलेसन तथा एयरकण्डिसनको सिस्टम अरु मोडलमा भन्दा ३३ प्रतिशत सानो छ । कियाले पहिलानै प्रयोग गरेको हिटपम्पलाई यसमा पनि निरन्तरता दिइएको छ ।

यसको ड्यासबोर्डमा १२.३ इन्चको नेभिगेशन एण्ड ड्राइभर डिस्प्ले र ५.३ इन्चको क्लाइमेट कन्ट्रोल स्कृन दिइएको छ । युरोपमा ३६ हजार युरोबाट यसको मूल्य सुरु भएको छ ।


Back_to_top