गाडी थोत्रो हुँदा पनि नबिग्रने ब्याट्री तयार, एमजीका कारमा आउने

काठमाडौं । एसएआइसी ग्रुपले ‘सेकेण्ड जेनेरेशन सोलिड स्टेट ब्याट्री’ उत्पादन गर्ने भएको हो । उक्त ब्याट्रीको आयु ४५ हजार चार्जिङ साइकल हुने कम्पनीको दावी छ । यदि, यो ब्याट्री सफलता पूर्वक प्रयोगमा आउने हो भने गाडीको जीवनभन्दा धेरै ब्याट्रीको आयु हुनेछ ।

एसएआइसीको सेकेण्ड जेनेरेशन सोलिड स्टेट ब्याट्रीको मास प्रोडक्सन भने सन् २०२६ बाट सुरु हुनेछ । एसएआइसीको सेकेण्ड जेनरेशन सोलिड स्टेट ब्याट्रीमा इनर्जी डेन्सीटी पनि ४०० वाटआवर प्रतिकेजी हुनेछ ।

यसअघि नै अन्य चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता कम्पनीहरु चेरी, जीएसी, सीएटीएल, बीवाइडी र जीडब्लुएमले सोलिड स्टेट व्याट्रीमा आफ्नो योजना प्रस्तुत गरिसकेका छन् ।

जापानी अटोमोवाइल कम्पनीहरु टोयोटा, निसान र होण्डाले पनि सोलिड स्टेट ब्याट्रीको क्षेत्रमा निकै काम भएको र सन् २०२५ बाटै सानो साइजको ब्याट्री प्रयोगमा ल्याउने बताएका छन् ।

एसएआइसीले गत अप्रिल मै सेमी-सोलिड स्टेट ब्याट्रीप्याक भएको आईएम ब्राण्डमा एल-६ मोडल बजारमा ल्याउने घोषणा गरेको थियो । उक्त कारको अहिले प्रि-सेल सुरु भएको छ । एसएआईसीका अनुसार पहिलो जेनेरेशनको सोलिड स्टेट ब्याट्री ९०० भोल्ट हाइभोल्टेज सिस्टममा हुनेछ । पहिलो जेनेरेशनमा १३० किलोवाट आवर इनर्जी क्यापासिटी हुनेछ ।

एसएआइसीको सेकेण्ड जेनेरेशन सोलिड स्टेट ब्याट्री प्याकमा ४०० किलोवाट आवर प्रतिकेजी इनर्जी डेन्सीटी र ८२० वाटआवर प्रतिलिटर भोलुम इनर्जी डेन्सीटी तथा ७५ एम्पीयर आवरको इनर्जी क्यापासीट हुनेछ ।

उक्त ब्याट्री प्वाल परेमा वा २०० डिग्री सेल्सीयससम्मको तापक्रममा पनि आगलागी हुँदैन । साथै, एकदमै चीसो तापक्रममा पनि ९० प्रतिशत पर्फर्मेन्स कायमै राख्न सक्छ ।

एसएआइसीको स्वामित्वमा रहेको एमजीका कारमा पनि उक्त ब्याट्री प्रयोगमा आउने छन् । यी ब्याट्रीको प्रयोगसँगै एमजीका कारको ब्याट्री लाइफ गाडीको जीवनभन्दा धेरै हुनेछ ।


Back_to_top