काठमाडौं । टाटा मोटर्सले लगानीकर्ता सम्मेलनमा सन् २०२५ को दोस्रो हाफमा सिरिया ईभी लन्च गर्ने मिति घोषणा गरेको छ । कम्पनीले सिरियालाई पहिला ईभी र त्यसपछि पेट्रोलियम इन्जिनमा ल्याउने जनाएको हो ।
केही महिना अगाडि टाटाले कर्भ ईभी बजारमा ल्याएको थियो । कर्भ ईभी चाँडै नेपाल आउने तयारीमा रहेको मोडल हो ।
आगामी जनवरीमा हुने भारत मोविलिटी एक्स्पोमा सिरिया मोडलको प्रोडक्सन भर्सन सार्वजनिक हुने अनुमान गरिएको छ । टाटाको ‘एडाप्टीभ टेक फर्वाड लाइफ स्टाइल (एट्लास)’ प्लेटफर्ममा सिरिया ईभी बन्नेछ । टाटाको नयाँ प्लेटफर्ममा एसयूभी, एमपीभी र सेडान गाडीहरु बन्ने कम्पनीको भनाइ छ ।
टाटाले तयार पारेको नयाँ प्लेटफर्ममा फोर ह्वील ड्राइभ गाडी पनि बन्नेछ । यसैलाई आधार मन्दा सिरिया ईभी पनि फोर ह्वील ड्राइभमा आउने अनुमान गर्न सकिन्छ ।
टाटा सिरियामा रहने मोटर र ब्याट्री साइजको बारेमा कुनै पनि जानकारी बाहिर आएको छैन । सिरिया ईभी कम्पनीको ‘एक्ट ईभी आर्किटेक्चर’मा बन्ने पक्का छ । उक्त आर्किटेक्चर टाटाको सेकेण्ड जेनेरेसन ईभी आर्किटेक्चर हो ।
टाटा सिरिया ईभीभन्दा पहिला ह्यारीयर ईभी सन् २०२५ को सुरुवातबाटै बजारमा ल्याउने जनाएको छ । सम्भवत भारत मोविलिटी एक्स्पो २०२५ बाट ह्यारीयर ईभीको बिक्री सुरु हुनेछ ।


