काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले धेरै खेलप्रमीलाई कीर्तिपुरको मैदानमा केन्द्रित गरेको छ । त्यही महिदानमा सजिसजाव गरेर ओमोडा ई-५ राखिएको छ । एनपीएल २०२४ को ‘ड्रिभन बाई’ सह-प्रायोजक रहेको ओमोडा/जेकोले उत्कृष्ट नेपाली खेलाडीलाई मैदानमा सजाइएको कार प्रदान गर्नेछ ।
कम्पनीले खेलाडीलाई मात्र होइन, नयाँ कार किन्ने उपभोक्तालाई पनि अफर लिएर आएको छ । ‘एनपीएल सिजन, डिल्स इन मोसन’ नाम दिएर ल्याएको उक्त स्कीम एनपीएल संचालनको अवधिभर हुनेछ ।
एसपीजी अटोमोवाइलले बिक्री गर्ने ओमोडा/जेको ब्राण्डका गाडी किन्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स र आर्थिक वर्ष २०८१/८२ को वार्षिक कर अफरमा पाउने छन् ।
कम्पनीले बिक्री गर्दै आएको ओमोडा ई-५ दुई भेरियन्टमा उपलब्ध छ । त्यसैगरी, जेको जे-६ मोडल अहिले एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । चाँडै कम्पनीले फोर वाई फोर मोडल पनि नेपाल ल्याउने जनाएको छ ।
रेन्ज पनि कम्पनी बिक्री गर्ने दुबै मोडलले लगभग उस्तै दिन्छ । जेको जे-६ एसयूभीको रेन्ज ४०० किलोमिटर र ओमोडा ई-५ को रेन्ज ४३० किलोमिटर हाराहारी छ ।


