यी हुन्, २०१९ मा बन्द हुने चर्चित कार मोडल

यति बेला भारत सरकारले कार्यान्वयन गर्ने भएको नयाँ सुरक्षा तथा भारत इमिसन स्ट्याडर्ड (बीएस ६) एमिशन मापदन्डको चपेटामा कार उत्पादक कम्पनी परेका छन् । यस नियमको कारण विभिन्न कम्पनीको चर्चित मोडलको उत्पादन बन्द हुने भएको छ । 

कार्बनडाइअक्साइड र नाइट्रोजन अक्साइडको उत्सर्जनकाे कारण विश्वभर वर्षेनि हजारौँ मानिसको मृत्यु भैरहेको छ । भारतले ग्यास, पेट्रोल डिजेलबाट बढिरहेको  प्रदूषणलाई कम गर्न नयाँ इमिसन मापदन्ड कार्यान्वयन गर्न लागेको हो । यसको असर लोकप्रिय मोडल मारुती सुजुकी–ओम्नीलाई पनि परेको छ । 

इमिशन मापदन्डको शिकार भएको मारुतीको चर्चित गाडी ओम्नीको उत्पादन बन्द हुने पक्का भएको छ । यो गाडी सन् १९८४ बाट भारतीय बजारमा बिक्री–वितरण भैरहेको थियो । 

साथै, सुजुकीको जिप्सी मोडल पनि परिमार्जित नियमको चपेटामा परेको छ । यो एसयूभी भारतीय सेना र सुरक्षा निकायको विशेष रोजाईमा परेको थियो । यसका अलवा, टाटा–नानो पनि सुरक्षा मापदन्डको चपेटामा पर्ने भएको छ । यसलाई संसारको सबैभन्दा सस्तो कारको रुपमा लिइन्छ ।  

यसअघिनै हुन्डाई इयोन र होन्डा ब्रियोको उत्पादन बन्द भैसकेको छ । यतिमात्रै होइन अन्य कम्पनीका पनि थुप्रै पुराना मोडलको उत्पादन बन्द भैसकेको छ । टाटा–नानोको उत्पादन २०१९ को अप्रिल महिनाबाट बन्द हुने सम्भावना रहेको छ । साथै, फियाट पुन्टो पनि बन्दहुनसक्ने जनाइएको छ ।  यो मोडल पनि सन् २०२० सम्ममा उत्पादन हुन छोड्ने अनुमान लगाइएको छ । 

इमिसन विज्ञहरूले निशान टेरानो, फियाट–लिनिया र फक्वस्वागेनको एमियोलगायतका चर्चित मोडलको पनि उत्पादन बन्द हुने आशङ्का रहेको जनाएका छन् । यदि यी मोडलमा उपलब्ध इन्जिन नयाँ मापदन्डले निर्धारण गरेअनुरुप परिमार्जन भएको खन्डमा उक्त समस्या हल हुनसक्छ ।

अन्तर्राष्ट्रिय मापदन्डबमोजिम परिमार्जन हुने कोशिस

भारतीयकार अटाे मार्केटले अन्तर्राष्ट्रिय सुरक्षा र इमिशन मापदन्डअनुसार आफूलाई ढाल्ने प्रयास गरिरहेको छ । नयाँ नम्स आगामी अप्रिल महिनाबाट कार्यान्वयन हुनेछ । 

कम्पनीले उत्पादित मोडलको फ्रन्टल र साइड–इफेक्ट सुरक्षालाई ध्यानमा राख्दै एयरब्याग र एन्टीलक ब्रेकिङ्ग सिस्टम (एबीएस) समेटेको हुनुपर्नेछ । २०२० को अप्रिल महिनासम्ममा कमर्शियल भेइकलमा पनि एआईएस स्ट्यान्डर्ड लागू भैसकेको हुनुपर्नेछ । यसकाअनुसार मौजुद पब्लिक सर्भिस भेइकल्समा एउटा ट्याकिङ्ग डिभाइस र इमर्जेन्सी बटन राखिएको हुन्छ । 

बीएस–६ मापदन्डलाई कार्यान्वयनमा ल्याउने तयारीमा रहेको भारत सरकारको नयाँ नियमले माैजुदा इमिसन नियमका उत्पादन भइरहेका विभिन्न कम्पनीलाई असर पर्ने देखिन्छ ।


Back_to_top