अटो क्षेत्रको लागि सन् २०१८ निकै उत्कृष्ट रहन सफल भयो । यस वर्ष विभिन्न अटो निर्माता कम्पनीहरूले आफ्ना नयाँ तथा बहुप्रतिक्षित मोडलहरू सार्वजनिक गरे भने बजारमा सफलता पनि प्राप्त गर्न सके ।
सन् २०१८ मा भारतीय बजारमा सफल अटो निर्माता कम्पनीहरूमा, मारुती सुजुकी, टाटा, हुन्डाई, टोयोटालगायत परे ।
टाटा मोटरको लागि सन् २०१८ निकै नै उत्कृष्ट वर्ष बन्न पुग्यो । कम्पनीले यस वर्षको दिल्ली अटो एक्स्पोमा नयाँ कन्सेप्टकासाथै २.० स्ट्राटेजीको पनि घोषणा गर्यो । जसले कम्पनीलाई सफलता दिलाउन सक्यो ।
सन् २०१८ मा टाटाको टियागो तथा नेक्सनको कारण कुल बिक्री २ लाख १५ हजार युनिट पुग्यो । सन् २०१७ को तुलनामा कम्पनीले २०१८ मा ४५ हजारभन्दा बढी युनिट कार बिक्री गर्न सफल भएको छ । कम्पनीको सेल्समा २६.३ प्रतिशतले वृद्धि भएको छ । त्योसँगै टाटा सबैभन्दा बढी ग्रोथ गर्ने कम्पनी बनेको छ ।
भीएफएम प्रोपोजिसनकासाथ आएको टियागो ह्याचब्याक, कार्ज स्पेशल एडिसनकासाथ आएको नेक्सन कम्प्याक एसयूभी र नयाँ सीयूभी एनआरजी र पफर्मेन्स ओरिएन्टेड जेटीपी भर्सनले टाटालाई २०१८ मा निकै ठूलो चर्चा दिलायो ।
२०१८ मा पाएको सफलतापछि कम्पनीले यस वर्ष (२०१९) मा पनि नयाँ मोडलहरू सार्वजनिक गर्ने जनाएको छ । कम्पनीको बहुप्रतिक्षित मोडल ‘ह्यारियर’ फाइभ–सिटर प्रिमियम एसयूभी जनवरी २३ मा सार्वजनिक गर्दैछ । त्यस्तै, कम्पनीले २०२० मा सार्वजनिक गर्ने माइक्रो एसयूभीको कन्सेप्ट भर्सन यसै वर्ष मार्चमा हुने जेनेभा मोटर शोमा देखाउने तयारी गरेको जनाएको छ ।
कम्पनीले २०१९ को सेकेन्ड हाफमा ४५ एक्स कन्सेप्टमा आधारित प्रिमियम ह्याचब्याक ‘एक्स–४५१’ सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै, कम्पनीले ह्यारियरकोे सेभेन सिटर भर्सन पनि यसै वर्ष सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
यी सबैकारण टाटा मोटर्स पेसेन्जर कार युनिटमा पनि चर्चा बटुल्न सफल भएको छ । नेपाली बजारमा पनि टाटाको यी मोडलहरुको उपस्थितिसँगै बजार बिस्तार हुँदै गएको छ । नेपालमा टाटाका उत्पादन सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको छ ।

