काठमाडौं । नेपाली बजारमा १६० सीसी सेग्मेन्टका मोटरसाइकलले निकै सफलता पाइरहेका छन् । बिषेसगरी मध्यम आय भएका मानिसले उत्कृष्ट मोटरसाइकल खोज्दा यही सेग्मेन्ट छान्ने गरेको पाइन्छ ।
त्यसोत यस सेग्मेन्टमा फिचर र पावरका हिसाबले ‘भ्यालु फर मनी’ लाग्ने थुप्रै ब्राण्डका मोटरसाइकल छन् । ती मोटरसाइकल मध्ये बजाज एन-१६० ले अलगै पचिहान निर्माण गर्न सफल भएको छ ।
अहिले १६० सीसी सेग्मेन्टमा बजाज, होन्डा, टीभीएस, यामाहा, हिरो जस्ता चल्तीका ब्राण्डसँग विभिन्न मोडल छन् । तर, पनि यी सबैमाथि धेरै फिचरको आधारमा बजाज एन-१६० भारी पर्ने देखिन्छ ।

बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको एन-१६० को मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
मोर्डन डिजाइन, आकर्षक लुक्स र युवालाई आकर्षित गर्न सक्ने स्पोर्टी मोटरसाइकल पल्सर एन-१६० आफ्नो सेग्मेन्ट फस्ट फिचरको कारण पनि चर्चामा रहेको मोडल हो ।
१. डबल च्यानल एबीएस : बजाज पल्सर एन-१६० को सेग्मेन्टमै सबैभन्दा बलियो पक्ष डबल च्यानल एबीएस हो । साथै, ब्रेकिङ सिस्टमको मामलामा यसलाई ‘दी पावर अफ कन्ट्रोल’ भन्दा फरक पर्दैन । त्यसको मुख्य कारण डबल च्यानल एबीएस हो ।
एबीएससँगै दुबै चक्कामा डिस्क ब्रेक दिइएको कारण ब्रेकिङमा उत्कृष्ट मानिन्छ । यसमा १७ इन्चको अलोय ह्वीलसहित ट्युवलेस टायर उपलब्ध छ ।
२. पावर र पर्फर्मेन्स अब्बल : सुरक्षाको लागि सेग्मेन्टमै अब्बल एन-१६० पावर र पर्फर्मेन्सको लागि पनि उत्कृष्ट छनोट बन्नेछ । नेकेड स्ट्रीट फाइटर डिजाइन र १६०.८२ सीसी क्षमताको सिंगल सिलिन्डर, आयल कूल्ड, टू भल्ब, फोर स्ट्रोक, ट्वीन स्पार्क, एसओएचसी, बीएस ६, एफआई इन्जिन यसमा छ ।
यसमा प्रयोग भएको इन्जिनले अधिकतम ८७५० आरपीएममा १६ पीएस पावर तथा ६७५० आरपीएममा १४.६५ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्ससँगै अब्बल मानिने स्लीपर क्लच भएको कारण राइडरलाई अलगै फिल प्रदान गर्न सक्षम हुनेछ । पल्सर एन-१६० को टप स्पीड १२० किलोमिटर प्रतिघण्टा छ ।
३. एड्भान्स कनेक्टिभीटी सिस्टम : बजाजले यसमा इन्फिनिटीको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । यसमा ब्लुटुथ कनेक्टिभीटी, मोबाइल एप कनेक्ट, कल र एसएमएस अलर्ट जस्ता कुरा क्लष्टरमै देखाउने छ ।

