गत एक वर्षमा बजाजले ल्यायो ५ नयाँ मोडल

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले सन् २०२४ मा ५ नयाँ मोडल नेपाल ल्यायो । कम्पनीले ल्याएको ५ मोडल मध्ये दुई मोडल पूर्णत नयाँ हो । अन्य तीन मोडल अपडेटेड भएर आएका हुन् ।

गत एक वर्षमा बजाज पल्सर सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल ‘पल्सर एनएस ४०० जेड’ नेपाल आयो । साथै, पल्सर एन १५० नयाँ मोडल पनि एक वर्ष भित्रै नेपाल आएको मोडल हो ।

त्यसैगरी कम्पनीले अपडेटेड मोडलको रुपमा पल्सर १२५ को एफआई, एन १६० र एनएस २०० को अपडेटेड भर्सन नेपाल आए । यी मोटरसाइकलको सहायतामा २०२४ मा अघिल्लो वर्षभन्दा बजाजले आफ्नो बिक्री पनि बढाउन सफल भएको देखिन्छ ।

पल्सर एन १५०

पूर्णत नयाँ मोडलको रुपमा बजारमा आएको एन-१५० सिरिजमै नेपालमा उपलब्ध सस्तो मोडल हो । अहिले एन-१५० मोटरसाइकलको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ ।

बजाजले यसमा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले १४.३ बीएच पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ ।

पल्सर ‘एनएस ४०० जेड’

पल्सर सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल पल्सर एनएस ४०० जेड भदौमा नेपाल आएको हो । यसको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पल्सर ४०० मा एक्स सेप एइलडी हेड्ल्याम्प, बोल्ड स्टाइल डिआरएल, ट्याकं एक्स्टेन्सन, ग्रायाब ह्यान्डल, स्प्लीट सीट र नयाँ रेडियटर दिइएको छ । बजाजले यसमा ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिपर असिस्ट क्लच पाउन सकिन्छ ।

पूर्ण डिजिटल कन्सोल, कलर फुल एलसीडी डिस्प्ले, ४ राइडिङ्ग मोड, ४३ एमएमको यूएसडी फर्क, प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ ।

ब्लुटूथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर छन् । यसमा दिइएको ब्रेक र क्लचलाई मेनुअल्ली एड्जस्ट गर्न सकिन्छ ।

पल्सर एनएस २०० अपडेटेड

बजाजले सेप्टेम्बर २०२४ मा पल्सर एनएस २०० को प्रिमियम भर्सन नेपाली बजारमा सार्वजनिक ग¥यो । यसको मूल्य ४ लाख ४४ हजार ९०० रुपैयाँ तोकेर यसलाई बजारमा ल्याएको हो ।

नयाँ एनएस २०० मा नयाँ हेडलाइट, स्लिपर एसिस्ट क्लच, राइड मोड तथा फुल डिजिटल कन्सोल परिमार्जन तथा थप भएको छ । एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पल्सर १२५ एफआई

यसअघि नै नेपाली बजारमा बिक्री भइरहको पल्सर १२५ को एफआई भर्सन कम्पनीले जनवरी २०२४ मा सार्वजनिक गरको हो । कम्पनीले पुरानै मूल्यमा सार्वजनिक गरको पल्सर १२५ एफआईको मूल्य अहिले २ लाख ६६ हजार ९०० रुपैयाँ रहेको छ ।

यसमा १२४.४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ११.६४ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ । यसमा सिंगलपड हेडल्याम्प, मस्कुलर फ्युल ट्याङक, स्प्लिट ग्रयाबरेल, सेमीडिजिटल क्लष्टरलाई पुरानो भर्सनबाट नै लिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डुअल सक सस्पेन्सनलाई निरन्तरता दिइएको छ । त्यस्तै, यसमा २४० एमएमको सिंगल डिस्क ब्रेक उपलब्ध छ भने रियरमा ड्रम ब्रेक दिइएको छ ।

पल्सर एन १६०

बजाजले नेपाल ल्याएको अर्को मोडल ‘पल्सर एन १६०’को अपडेटेड भर्सन २०२४ को मध्यतिर आएको हो । नयाँ भर्सनमा फुल डिजिटल स्मार्ट क्लष्टर दिइएको छ । यसमा ब्लुटुथ कनेक्टिभीटी, मोबाइल एप कनेक्ट, कल र एसएमएस अलर्ट जस्ता कुरा क्लष्टरमै देखाउने छ ।

एन-१६ मा १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । उक्त इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ । यसको मूल्य अहिले ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top