महिलाहरूको छनोटमा उत्कृष्ट बनेका कार मोडल

काठमाडौं । वुमन वर्ल्डवाइड कार अफ दी इयर २०२५ घोषणा भएको छ । विश्वभरका ८२ महिला अटो पत्रकारको जुरी टीमले विजेताको घोषणा गरेको हो ।

विश्वभर बिक्रीमा आएका ८१ कार मोडलबाट विभिन्न समूहमा विजेता छनोट गरिएको थियो । जसमा अर्वान मोडल, कम्प्याक्ट एसयूभी, लार्ज कार, लार्ज एसयूभी, फोर बाई फोर मोडल र पर्फमेन्स एण्ड लग्जरी कारलाई अवार्ड प्रदान गरिएको थियो । साथै, बेस्ट टेक अवार्ड र सेन्डी माहिर अवार्ड पनि घोषणा भएको थियो ।

यी हुन् विजेता

महिलाहरूको छनोटमा परेको अर्वान मोडल मिनी कुपर हो । त्यस्तै, कम्प्याक्ट एसयूभीको अवार्ड किया ईभी-३ ले जित्यो । साथै, लार्ज कार अफ दी इयरको अवार्ड अउडी ए-६ ई-ट्रोनले जितेको हो ।

लार्ज एसयूभी अवार्ड हुन्डाई सान्ता फेले जित्दा फोर बाई फोर सेग्मेन्टको अवार्ड टोयोटा ल्याण्डक्रुजरले जित्यो । पर्फर्मेन्स एण्ड लग्जरी कारको अवार्ड पोर्श्चे पानामेराले जित्यो ।

वेष्ट टेक अवार्ड चिनियाँ ब्राण्ड बीवाइडीले जितेको थियो । सेन्डी माहिर अवार्ड भोल्भोले जित्यो ।


Back_to_top