काठमाडौं । यामाहा नेपालले ८ प्रतिशतभन्दा कम ब्याजदरमै यामाहाका मोटरसाइकल तथा स्कुटर किन्न सकिने स्कीम संचालन गर्दैै आएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले ७.९९ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउने स्कीम चलाइरहेको हो ।
यामाहाको उक्त स्कीममा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सुरुमै मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यामाहा रेजेड आरको टप भेरियन्टको मूल्य ३ लाख २८ हजार ९०० रुपैयाँ रहेको छ ।
मूल्यको ५० प्रतिशतले हुन आउने १ लाख ६४ हजार ४५० रुपैयाँ नगद बुझाएपछि बाँकी त्यतिनै रकम कर्जा सुविधा पाउन सकिन्छ । डाउन पेमेन्ट बाहेक कर्जाको लागि सर्भिस चार्ज ४ हजार रुपैयाँ, नामसारी शूल्क वापतको १ हजार ५०० रुपैयाँ र इन्स्योरेन्स वापतको ७ हजार ५०० रुपैयाँ ग्राहकले सुरुमै तिर्नु पर्ने हुन्छ । पहिलो किस्ता वापतको १४ हजार ३०४ रुपैयाँ समेत जोडर सुरुमै १ लाख ९१ हजार ९५४ रुपैयाँ तिरेर यामाहाको रेजेडआर किन्न सकिन्छ ।
कम्पनीले उपलब्ध गराउने १ लाख ६४ हजार ४५० रुपैयाँ भने एक वर्ष भित्र भुक्तानी गर्नु पर्ने हुन्छ । ब्याजदर ७.९९ प्रतिशत लाग्ने हुँदा उक्त कर्जा रकम १२ किस्तामा बुझाउँदा महिनाको १४ हजार ३०४ रुपैयाँले बुझाउनु पर्नेछ ।
यस्तो छ स्कुटर
यामा रेजेड आर स्कुटरमा १२५ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । यसले ८.२ पीएस पावर तथा १०.३ एनएम टर्क जेनेरेट गर्छ ।
यो स्कुटरमा अटोमेटीक स्टप/स्टार्ट सिस्टम उपलब्ध छ, जसले यो स्कुटरको माइलेज अझै राम्रो बनाउने कम्पनीको दाबी छ । हाइब्रिड रेजेड आरमा एलइडी पोजिशन हेडलाइट, डिजिटल कन्सोल, वाइ कनेक्टजस्ता फिचर समावेश छन् ।