काठमाडौं । चिनियाँ इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पाक कम्पनी याडियाले सोडियम आयोन ब्याट्री भएको स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले उत्पादन गरेको यो स्कुटर २० मिनेटमा फुल चार्ज हुने कम्पनीको दावी छ ।
कम्पनीले हाङजाउमा आयोजना गरेको याडिया सोडियम कन्फ्रेन्समा उक्त स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ४५० देखि ५९० अमेरिकी डलर मूल्य तोकेर सोडियम आयोन ब्याट्री भएको स्कुटरको चार भेरियन्ट बिक्री सुरु गरको हो ।
याडियाले यसमा यूजी सोडियम ब्याट्री प्याक प्रयोग गरिएको छ । याडियाका अनुसार यसको नकारात्मक इलेक्ट्रोडको लागि कडा कार्बनको प्रयोग गरिएको छ । यसमा प्रयोग भएको ब्याट्री सेलहरुको उर्जा घनत्व धेरै हुन्छ । यसको लाइफ १ हजार ५०० भन्दा धेरै साइकल हुने कम्पनीले बताएको छ ।
सोडियम आयोन ब्याट्री लिथियम आयोन ब्याट्रीभन्दा धेरै सुरक्षीत हुनुका साथै यसको चिसो सहन सक्ने क्षमता धेरै हुने भएका कारण डिस्चार्ज रेसियो एकदमै कम हुन्छ ।
योसँगै कम्पनीले हुआयू जीनो सुपर चार्जिङ इको सिस्टम समेत तयार पारेको छ । यो इको सिस्टम अन्तर्गत सहरको मुख्य स्थानमा सुपर चार्जरहरुको स्थापना गर्ने रहेको छ ।


