थाइल्याण्डमा राम्रो बजार बनाउँदै नेटा, डिसेम्बरमा बेच्यो ६८४ यूनिट कार

काठमाडौं । नेटाले थाइल्याण्डमा आफ्नो ब्यापारमा ब्यापक सुधार गरेको छ । कम्पनीले २०२४ को डिसेम्बर महिनामा नेटा एक्स र नेटा भीको ब्यापारमा ब्यापक सुधार ल्याएको हो ।

कम्पनीको अनुसार नेटाले थाइ बजारमा नेटा एक्स र नेटा दुबै मोडल गरि ६८४ यूनिट बिक्री गर्न सफल भएको हो ।

नेपाली बजारमा समेत यी दुवै विद्यूतिय कारहरु बिक्री वितरण भइरहेको छ ।

नेटा इलेक्ट्रीकका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले नेटा भीको ५० किलोवाट क्षमाताको मोटर र ४०.७ किलोवाट आवरको ब्याट्री भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटरसम्म रेन्ज दिन्छ ।

त्यस्तै अर्को मोडल नेटा एक्स दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जसमा सर्ट रेन्ज भेरियन्टमा ५२ र ठूलोमा ६२ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । यसमा १०० किलोवाट क्षमातको मोटर उपलब्ध छ । कम्पनीका अनुसार यसको रेन्ज ५०० किलोमिटरसम्म पाउन सकिन्छ ।


Back_to_top