कोरियन अटो निर्माता कम्पनी हुन्डाईले निर्माण गरेको कोना इलेक्ट्रीक एसयूभीले नर्थ अमेरिकी युटिलीटी भेइकल अफ दी एयरको उपाधि जित्न सफल भएको छ । अमेरिकामा हुन्डाईको सियूभी मोडलले अवार्ड जितेको याे पहिलो पटक हो ।
यो अवार्डको घोषणा प्रत्येक वर्ष डिट्रोइटमा हुने नर्थ अमेरिकन इन्टरनेशनल अटो शोमा हुने गरेको छ । यस अवार्डको जुरीमा अमेरिका र क्यानाडामा कार्यरत पत्रकारको समूहबाट निर्माण गर्ने गरिएको छ । यस वर्ष ५४ वटा विभिन्न न्यूजपेपर, म्यागेजिन, डिजीटल कोलमीस्ट तथा फ्रिल्यान्सर संचारकर्मी समूहको निर्णायक मन्डल बनाइएको थियो ।
अल न्यू सीयूभी प्ल्याटफर्ममा बनेको कोना ईभीले सबै प्रकारका ग्राहकहरुको लाइफस्टाइललाई सुहाउदो ड्राइभिङ्ग एक्सपिरियन्स दिनेछ । कोनाको निर्माण सहरी तथा ग्रामीण बाटाहरु सुहाँउदो रहेको छ ।
कोनाले एक पटकको फुलचार्जमा २८० देखि ४१५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । जुन अन्य प्रतिस्पर्धी मोडलको भन्दा धेरै हो । सुरक्षाको दृष्टिकोणबाट हेर्दा निकै सुरक्षीत यो ईभी नेपाली बजारमा केही दिन भित्र नै सार्वजनिक हुँदैछ ।


