सस्तो मूल्यमा १५० किलोमिटर रेन्ज दिने स्कुटर ल्याउँदै याडिया

काठमाडौं । नेपाली बजारमा याडियाको नयाँ स्कुटर चाँडै सार्वजनिक हुने भएको छ ।

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले याडिया इलेक्ट्रीक स्कुटर ‘इपोक’ आगामी साता सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले कम मूल्यमा धेरै रेन्ज दिने याडिया ‘इपोक’ इलेक्ट्रीक स्कुटर नेपाल बजारमा ल्याएको हो । कम्पनीले याडिया ‘इपोक’को मूल्य २ लाख ३५ हजार रुपैयाँ तोकेको छ ।

याडिया इपोकमा ३००० वाटको ह्वील हब मोटर र ७२ भोल्ट ३८ एम्पियरको ग्राफिनी ब्याट्रीप्याक पाउन सकिन्छ । यस स्कुटरले एकपटकको फुलचार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

इपोक स्कुटरलाई १६ डिग्रीसम्मको क्लाइम्बिङ एगंलमा सजिलै चलाउन सकिने छ ।

फुल्ली क्रोम प्लेटेड डिजाइनमा तयार भएको इपोक स्कुटरमा पूरा एलईडी लाइट, भिजिबलिटी डिस्ट्यान्स लाइट, ७ इन्चको डिजिटल ड्यास बोर्ड, याडिया कनेक्ट एप सिस्टम, स्मार्ट साइड स्ट्यान्ड, डबल डिस्क ब्रेक, हाइड्रोलिक सक अब्जर्बार र ३० लिटर क्षमताको बुट स्पेस जस्ता अत्याधुनि फिचरहरू छन् ।


Back_to_top