लन्चिङ अगाडि नै शोरुममा सजियो ‘दीपल ई-०७’

काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नयाँ कन्भर्टेवल एसयूभी ई-०७ शोरुममा राखेको छ । कम्पनीले सिमित आमन्त्रीतहरुको लागि ‘एक्सक्लुसिप स्नीक पीक’ कार्यक्रमको लागि शोरुममा राखेको हो ।

आगामी सोमबार आधिकारीक बिक्री घोषणा हुने ई-०७ आज बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म शोरुममा राख्न लागिएको हो । विश्वकै पहिलो कन्र्भटेवल कारको रुपमा आएको ई-०७ एसयूभी र लग्जरी पीकअपको रुपमा प्रयोग गर्न मिल्ने गाडी हो ।

करिब एक करोड रुपैयाँ पर्ने अनुमान गरिएको ई-०७ रेन्ज र पावरमा पनि उत्कृष्ट छ । अहिले नेपाली बजारमा बिक्री सुरु हुन लागेको ई-०७ टु ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । १९० किलोवाटको रियर ह्वील मोटर दिइएको छ । ब्याट्री भने ८९.९८ किलोवाट आवरको छ । यसले डब्लूएलटीपीका अनुसार नै ५६६ किलोमिटर रेन्ज दिनेछ ।

चालकको इच्छा र आवश्यकता अनुसार ई-०७ को उपयोग नै परिवर्तन गर्न सकिन्छ । पारम्परिक एसयूभीको विपरित ई-०७ केही सेकेन्डमै पीकअपमा परिणत हुन सक्छ । यसको स्लाईड हुने ग्लास क्यानोभीका कारण पीकअप वेड पनि मज्जाले देखिन्छ । आउडीको एक्टिभस्फेयर कन्सेप्टबाट प्रभावित उक्त फिचरले ठूला सामान सार्नेदेखि आउटडोर एड्भेन्चर जस्ता विविध गर्न सहयोग गर्छ ।


Back_to_top