सेरेसको ‘लिमिटलेस एक्सपिरियन्स’ क्याम्प सुरु, यस्ता छन् फाइदा

काठमाडौं । एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको सेरेस ब्राण्डले २६ देखि ३० जनवरीसम्म ‘लिमिटलेस एक्सपिरियन्स’ क्याम्प आयोजना गरिरहेको छ । कम्पनीले गरेको यो एक्सपिरियन्स क्याम्पमा एक्सचेन्ज र टेस्ट ड्राइभ सुविधा उपलब्ध रहेको छ ।

नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ । जसमा काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरूमा यो क्याम्पेन चलिरहेको छ ।

पाँच दिन लामो कार्यक्रमले ग्राहकहरूलाई विभिन्न विशेष अफर र सुविधा दिनुको साथै, सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्येक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

सेरेसले नगद छुट, निःशुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनसहरू सहित विभिन्न अफरहरूका साथ इलेक्ट्रीक ड्राइभिङमा स्विच गर्नेलाई अवसर हुने कम्पनीले जनाएको छ ।

‘तपाईं ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ । सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं’, एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले भने ।


Back_to_top