नेशनल ग्रीन ट्री–ब्यूनलको चार सदस्यीय कमिटीले जर्मनीको कार उत्पादक कम्पनी फक्सवागेनसँग गलत सफ्टवेयरको प्रयोग गरेको भन्दै १ सय ७१ करोड ३४ लाख भारतीय रुपैयाँ जरिवाना गर्न सिफारीस गरेको छ ।
फक्सवागेनको डिजेल स्क्यान्डलमा भारतीय बजारबाट फिर्ता लिनु पर्ने सवारीसाधन समयमा फिर्ता नलिई दिल्लीमा वायु प्रदूषण बढाएको आरोपमा कमिटीले उक्त रकम जरिवानाको माग गरेको हो ।
कमिटीले २०१६ मा भारत भित्रिएका गाडीले झन्डै ४८.६७८ टन नाइट्रोजन अक्साइडको मात्रा बढाएको आरोप लगाएको छ । हावामा नाइट्रोजन अक्साइड मिश्रित हुँदा थुप्रै मानिसको स्वास्थ्यमा ठूलो असर पुर्याएको कमिटीको निष्कर्ष छ ।
एनजीटीले गत नोभेम्बर १६ मा अटोमोबाइल्स क्षेत्रबाट उत्पादन हुने नाइट्रोजन अक्साइडको कारण वातावरण प्रदूषण तथा उत्सर्जनको मात्रा बढेको निष्कर्ष निकालेको थियो । उक्त ग्यासको कारण फोक्सो, मुटु कलेजोमा नकारात्मक असर पर्ने कमिटीले जनाएको छ । कमिटीले उक्त ग्यासको असरबाट स्वास्थ्यमा देखापरेको समस्याको उपचारका लागि प्रतिव्यक्ति ३ लाख २७ हजार भारु खर्च हुने आँकलन गरेको छ ।
कमिटीले २०१६ देखि २०१८ बीचमा आएका गाडीका कारण सबैभन्दा बढी समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ ।
फक्सवागेनले २०१५ मा ३ लाख २३ हजार ७ सय मोडल रिकल गरेको थियो । ती सवारीसाधनले भारतको एमिशन मापदन्ड बीएस-आईभीकाअनुसार १.१ देखि १.६ सम्म प्रदूषण गरेको थिए । साथै, कम्पनीले आफूले उत्पादन गरेका ११ मिलियन डिजेल गाडीमा उक्त सफ्टवेयरको प्रयोग गरेको दाबी गरेको छ ।
जर्मन अथ्रुरीटीले पनि फक्सवागेनलाई ठूलो धनरासी जरिवाना गरेको थियो । साथै अडीका तत्कालीन सीईओ अझै जेलमा रहेका छन् ।

